कीवर्डहरू -

अब इन्स्टाग्राममा रिल हेर्ने मात्रै नभएर गेम पनि खेल्न सकिने

अब इन्स्टाग्राममा रिल हेर्ने मात्रै नभएर गेम पनि खेल्न सकिने

मेटाको फोटो भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब गेम समेत खेल्न सकिने भएको छ । एपलाई अझै रोचक बनाउन इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लुकेको पोङ गेम फिचर ल्याएको हो ।

यो सुविधाले इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई इमोजीहरूमार्फत पङ खेल्न अनुमति दिनेछ । इन्स्टाग्राम डिएममा पठाइएको कुनै पनि इमोजीमा ट्याप गरेर पोङ गेम पहुँच गर्न सकिने छ ।

यो गेम गुगल क्रोम भित्र निर्मित टी–रेक्स गेम जस्तै देखिन्छ, जुन इन्टरनेट बन्द हुँदा खेल्न सकिन्छ । इन्स्टाग्राममा नयाँ गोप्य पोङ गेम प्लेटफर्ममा व्यस्त राख्ने र रिलहरू सेयर गर्न वा पोस्टहरू अपलोड गर्ने बाहेक प्रयोगकर्तालाई नयाँ अनुभव दिने तरिका हो । 

कसरी इन्स्टाग्रामको लुकेको पोंग खेल खेल्ने ?

इन्स्टाग्राममा कुनै पनि साथीको डाइरेक्ट मेसेज (डिएम) खोल्नुहोस् । अब आफ्नो मनपर्ने कुनै पनि इमोजी पठाउनुहोस्, जुन तपाईंले पंगको रूपमा प्रयोग गर्न चाहनुहुन्छ ।

त्यसपछि इमोजीमा ट्याप गर्नुहोस् । अनि यो बाउन्सिङ बलमा परिणत हुनेछ । अब तपाई बाउन्सिङ बल र स्कोर हिट गर्न तलको स्लाइडर प्रयोग गर्न सक्नुहुन्छ ।

प्रत्येक हिट पछि तपाईंले एक अंक कमाउनुहुनेछ । प्रत्येक पाँच हिट पछि खेलको गति बढ्नेछ । यदि तपाईंको बल स्लाइडरमा ठोक्न छुटेको छ भने खेल समाप्त हुनेछ र तपाईंले नयाँ खेल सुरु गर्नुपर्नेछ ।