कीवर्डहरू -

अब काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने

अब काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने

अब काठमाडौंका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने भएको छ । सामाजिक सुरक्षा भत्ता लगायत सरकारी सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै यतिबेला सेवाग्राहीहरूको संख्या उल्लेख्य बढेको छ । 

यही समस्यालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौंले जिल्लास्थित सबै नगरपालिकाको कार्यालयमा रहने गरी (काठमाडौं महानगरको हकमा राष्ट्रिय सभागृहमा रहेको) राष्ट्रिय परिचयपत्र स्टेशन स्थापना गरी कार्य सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित सेवाग्राहीहरुले आफुलाई पायक पर्ने नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्ने छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट यस जिल्लामा स्थायी ठेगाना भएका एवम् अन्यत्र जिल्लाबाट यस जिल्लामा बसाई सरी काठमाडौँ स्थायी ठेगाना कायम भएका सेवाग्राहीहरूका लागि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने कार्य भइरहेको छ । 

जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूलाई यस कार्यालयमा छुट्टै विवरण दर्ता स्टेसन स्थापना गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य भई रहेको हुँदा आफ्नो फारममा उल्लेख भएको मिति र समय (Time Card) अनुसार यस कार्यालयमा उपस्थित भइ सेवा लिन समेत प्रशासनले अनुरोध गरेको छ ।  

साथै अन्य जिल्ला स्थायी ठेगाना भएका सेवाग्राहीहरूको हकमा नारायणहिटी दरवार (साविकको राहदानी विभाग) बाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य भइरहेको भइरहेको छ ।