कीवर्डहरू -

अकाउन्टिङ, एचआर, मार्केटिङ, सेल्स, इन्भेन्ट्री लगायतका सबै सुविधा अब एउटै सफ्टवेयरबाट पाइने

अकाउन्टिङ, एचआर, मार्केटिङ, सेल्स, इन्भेन्ट्री लगायतका सबै सुविधा अब एउटै सफ्टवेयरबाट पाइने

पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । 

डिजिटल युगमा आफ्नो व्यवसायलाई पनि डिजिटल बनाउन हामीले विभिन्न प्रकारका सफ्टवेयरहरू प्रयोग गरिरहेका हुन्छौं । 

हाजिरी, अकाउन्टिङ, सीआरएम, वेबसाइट, प्रोजेक्ट व्यवस्थापन, इन्भेन्ट्री, सिग्नेचर, पोइन्ट अफ सेल्स, मार्केटिङ, रेन्टल, प्लानिङ, एचआर लगायतका कामका लागि एक भन्दा बढी सफ्टवेयर प्रयोग गर्नुपर्ने बाध्यता छ । 

कम्पनीको आन्तरिक काम तथा सेवाहरूलाई प्रविधिमैत्री बनाउन धेरै सफ्टवेयरहरूको प्रयोग गरिरहँदा कहिलेकाँही हामीलाई दिक्क लाग्छ । यी सबै सुविधा एउटै प्लेटफर्मबाट गर्न पाए कति सहज र छरितो हुन्थ्यो भन्ने अनुभूति पटक पटक हुन्छ । फेरि फेरि छुट्टा छुट्टै सफ्टवेयर राख्दा पैसा पनि धेरै खर्च हुन्छ ।

तर अब चिन्ता नलिनुहोस् । हाजिरी, अकाउन्टिङ, सीआरएम, वेबसाइट, प्रोजेक्ट व्यवस्थापन, इन्भेन्ट्री, सिग्नेचर, पोइन्ट अफ सेल्स, मार्केटिङ, रेन्टल, प्लानिङ, एचआर, हेल्पडेस्क, छलफल जस्ता काम एउटै सफ्टवेयरबाट गर्न सकिन्छ, जसको नाम हो ‘ओडू ईआरपी’ ।

खासमा ओडू बेल्जियममा विकास भएको इन्टरप्राइज प्लेटफर्म हो । नेपालमा भने ओडूको पछिल्ला भर्सनहरूको एकमात्र आधिकारिक साझेदार स्मार्टन टेक्नोलोजीज प्रालि हो । स्मार्टन टेक्नोलोजीज ओडूको भर्सन १५, १६ र १७ को प्रमाणीत कम्पनी हो । 

ओडूमा पाइने सुविधाहरू

स्मार्टन टेक्नोलोजीजका संस्थापक तथा सीईओ वुद्ध लामाले स्मार्टन ओडूको पछिल्ला भर्सनहरूको आधिकारिक साझेदार भएको जानकारी दिए । ओडू फाइनान्स, सेल्स, वेबसाइट, इन्भेन्ट्री, एचआर, मार्केटिङ, सेवा र प्रडक्टिभिटीका लागि अल इन वान एप्लिकेसन हो । ओडू वेबसाइटका साथै मोबाइल एपमा समेत प्रयोग गर्न सकिन्छ । 

बिजनेसहरूको आन्तरिक डिजिटाइजेसन र ग्राहक सेवाका लागि ओडू सस्तो, गुणस्तरीय र भरपर्दो प्लेटफर्म भएको लामाको दावी छ । ‘अब हामीले आफ्नो कम्पनीलाई डिजिटलाइज गर्न फरक फरक सफ्टवेयर प्रयोग गर्नुपर्दैन्,’ उनले भने, ‘ओडूबाटै सबै काम गर्न सक्छौं, जसले गर्दा सबै काम एउटै प्लेटफर्म गर्न सकिन्छ । फरक फरक सफ्टवेयर खोल्नु पर्ने बाध्यता पनि हुँदैन् ।’ 

फिचरहरूले भरिपूर्ण ओडू धेरै महंगो पनि छैन् । यसका ३ वटा भर्सन छन् । पहिलो फ्री, दोस्रो स्ट्याण्डर्ड र तेस्रो कस्टुम । निःशूल्क भर्सनमा ओडू प्लेटफर्ममा भएका कुनै एउटा सुविधा निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यस्तै स्ट्याण्डर्ड भर्सनमा ओडूमा उपलब्ध सबै सुविधा प्रयोग गर्न पाइन्छ । यसको वार्षिक शुल्क भुक्तानीमा प्रति प्रयोगकर्ता प्रति महिना ७.२५ अमेरिकी डलर पर्न आउँछ । 

साथै कस्टम भर्सनको वार्षिक शुल्क भुक्तानी गर्दा प्रति प्रयोगकर्ता प्रति महिना १०.९० अमेरिकी डलर पर्न आउँछ । कस्टम भर्सनमा ओडू स्टुडियो, मल्टी कम्पनी सपोर्ट, एक्सटर्नल एपीआई, आफ्नै देशमा डेटा होस्ट गर्न सकिने सुविधा उपलब्ध छ । फ्री ट्रायलको समेत सुविधा रहेको छ । 

कस्टम र स्ट्याण्डर्ड दुवै प्रयोगकर्ता अनलिमिटेड सपोर्ट, होस्टिङ र मेन्टेनेन्सको सुविधा पाउने छन् । सिमित फिचरसहित ओडूको कम्युनिटी अर्थात ओपन सोर्स भर्सन समेत उपलब्ध छ । धेरै यसको लाभ लिइरहेका छन् । 

तर ओपन सोर्स कोडको प्रयोग गरेर इन्टरप्राइज सफ्टवेयर नामाकरण बजारमा अनैतिक रूपमा बिक्री वितरण समेत हुँदै आएको छ । त्यस्ता कम्पनीबाट सजग रहन समेत स्मार्टन टेक्नोलोजीले आग्रह गरेको छ ।