सरकारले सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न थालेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ ।
जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिएर राष्ट्रिय परिचयपत्र नम्बर पाउन सकिन्छ र त्यसका लागि अनलाइनबाटै आवेदन फाराम भर्न सकिन्छ ।
अनलाइन फाराम भरी प्रिन्ट गरेर जिल्ला प्रशासन कार्यालयमा गएर बायोमेट्रिक दिएपछि तुरून्तै राष्ट्रिय परिचयपत्र नम्बर पाउन सकिन्छ ।
तर के तपाईलाई अनलाइनबाटै फाराम भर्ने प्रक्रियाको बारेमा जानकारी थाहा छैन् ? यदी थाहा छैन् भने आज हामी तपालाई जानकारी दिदैछौं । तलको भिडियो हेरेर अनलाइन फाराम भर्ने तरिका थाहा पाउन सक्नुहुनेछ ।