कीवर्डहरू -

ह्वाट्सएपमा सार्वजनिक भयो आईपी प्रोटेक्ट सुविधा

ह्वाट्सएपमा सार्वजनिक भयो आईपी प्रोटेक्ट सुविधा

विश्वभर लाखौं प्रयोगकर्ताहरूले ह्वाट्सएप प्रयोग गर्छन्  । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै भिडियो–फोटो सेयरिङ प्लेटफर्ममा धेरै प्रकारका सेक्युरिटी फिचरहरू पनि उपलब्ध गराइएको छ ।

मेटाको स्वामित्वमा रहेको यस प्लेटफर्मले प्रयोगकर्ताहरूको सुरक्षालाई सुदृढ पार्न आइपी प्रोटेक्ट सुविधा ल्याएको छ । यसको प्रयोग गरेर तपाईले ह्वाट्सएपलाई अझ सुरक्षित बनाउन सक्नुहुन्छ । 

यो सुविधा प्रयोग गर्न सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् । यसपछि तीनवटा डट भएको आइकनमा ट्याप गर्नुहोस् । यति गरेपछि सेटिङ विकल्प तल देखा पर्नेछ, यसमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईंले प्राइभेसी सेक्शनमा क्लिक गर्नुपर्नेछ । यहाँ तपाईंले एडभान्स्ड सेटिङको विकल्प फेला पार्नु पर्छ र यसमा क्लिक गर्नुहोस् । प्रोटेक्ट आईपी एड्रेस इन कलमा ट्याप गर्नुहोस् र यसलाई खोल्नुहोस् ।

ह्वाट्सएपमा उपलब्ध यो सुविधा अन गर्नाले तपाईको सुरक्षा मात्र सुदृढ हुँदैन । थप फाइदा समेत मिल्ने छ ।

यो सुविधा प्रयोग गर्दा ह्वाट्सएपमा कल गर्दा तपाईंको आईपी ठेगाना सुरक्षित रहने, स्क्योर लोकेसन र अतिरिक्त तहको सुरक्षा समेत पाइने छ ।