कीवर्डहरू -

राकुटेन भाइबरले प्राप्त गर्‍यो एसओसी टु टाइप टु सर्टिफिकेसन

राकुटेन भाइबरले प्राप्त गर्‍यो एसओसी टु टाइप टु सर्टिफिकेसन

सामाजिक सञ्जाल राकुटेन भाइबरले सर्भिस अर्गनाइजेसन कन्ट्रोल (एस.ओ.सी) टु टाइप टु प्रमाणीकरण पाएको छ ।

एसओसी टु अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक अकाउन्ट (AICPA) द्वारा विकसित गरिएको लेखापरीक्षण मानक हो । 

ग्राहक डेटाको सुरक्षा, उपलब्धता, निजत्व र गोपनीयता सुनिश्चित गर्न यसको डिजाइन गरिएको हुन्छ ।

विश्वको सबैभन्दा ठूलो व्यवसायिक सेवा फर्महरूमध्ये एक अर्न्स्ट एन्ड यंगद्वारा सञ्चालित लेखापरीक्षणले राकुटेन भाइबरको सूचना सुरक्षा अभ्यास, नीति, प्रक्रिया र सञ्चालनहरूले एसओसी टु मापदण्डहरू पूरा गरेको जनाएको छ । 

भाइरबका भीपी इन्जिनियरिंग र सीआइएसओ लियाड श्नेलले एसओसी टु टाइप टु प्रमाणीकरण प्राप्त गर्नु राकुटेन भाइबरको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए । 

‘हाम्रा प्रयोगकर्ताहरूको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,’ उनले भने, ‘हामी ग्राहकको डेटाको गोपनीयतामा प्राथमिकता दिने तथा सुरक्षित र भरपर्दो सन्देश प्लेटफर्म प्रदान गर्न प्रयास गर्नेछौं।’

एसओसी टु कम्प्लायन्सको अतिरिक्त राकुटेन भाइबरले आफ्नो पूर्वाधारमा अतिरिक्त तहहरू थपेर र आफ्नो प्लेटफर्मको निगरानी बढाएर धेरै सुधारहरू गरिरहेको छ । 

सन् २०१६ मा भाइबर सबै प्राइभेट वान अन वान ग्रुप च्याट र भिडियो कलहरूमा एण्ड-टु-एण्ड इन्क्रिप्सन लागू गरेको थियो ।