कीवर्डहरू -

नेपाली बजारमा सार्वजनिक भयो इन्ट्री लेभलको स्मार्टफोन रेड्मी ए थ्री

नेपाली बजारमा सार्वजनिक भयो  इन्ट्री लेभलको स्मार्टफोन रेड्मी ए थ्री

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए थ्री सार्वजनिक गरेको छ । इन्ट्री लेभलको फोनको रूपमा रहेको रेड्मी ए थ्री नेपालमा उपलब्ध भएको हो । 

रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअपसहित कर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ । १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्री लाई युएसबी टाईप सीमा चार्ज गर्न सकिने छ । 

ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यस फोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

रेड्मी ए थ्रीमा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा ३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जिबी भेरियन्टमा उपलब्ध छ । 

३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जिबीको मूल्य क्रमशः११ हजार ९९९ र १२ हजार ९९९ रूपुयाँ पर्नेछ ।  यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।