कीवर्डहरू -

सामाजिक सञ्जालको दूरूपयोग गरी ठगी हुँदै, जोगिन र प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

सामाजिक सञ्जालको दूरूपयोग गरी ठगी हुँदै, जोगिन र प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको हुँदा यस्ता झूठाअश्वासनमा नपरी, ठगि हुनबाट जोगिन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तले पाउने गरी पठाई दिनु’ भनी रकम दिने गरेको पाईएको छ ।

यसरी विदेशी रकम प्राप्त गरे पश्चात निज अमुक व्यक्तिले ‘हुन्छ, म तपाईले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु’ भनी विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यम (Fraud/Scam Money) बाट प्राप्त गैरकानूनी रकम निजले भनेको व्यक्तिको नेपालमा रहेको बैक खातामा जम्मा गरि/गराइदिने गरेको तथ्य अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

तसर्थ, विदेशमा दुःख/परिश्रम गरी कमाएको रकम Fraud/Scam Money मा रुपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने अवस्था सृजना हुने हुँदा विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन हुन अनुरोध गरिएको छ ।