कीवर्डहरू -

सामसङ नेपालले सुरू गर्‍यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म

सामसङ नेपालले सुरू गर्‍यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म

सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ । 

सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको हो ।

यस प्लेटफर्मबाट पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरभ जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउन सकिने छ । 

आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन तपाईँले मात्र यो वेबपेज गएर त्यहाँ आफूलाई मन परेको खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सक्नुहुनेछ । यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइनेछ ।