स्यान फ्रान्सिस्कोको संघीय अदालतमा मुख्य न्यायाधीश रिचर्ड सीबर्गले गुगलको अपिललाई खारेज गरेका छन् । उक्त अपिलमा प्रयोगकर्ताहरूले दायर गरेको गोपनीयता सम्बन्धी क्लास एक्शन मुद्दा खारेज गर्न आग्रह गरिएको थियो ।
उक्त मुद्दामा आरोप लगाइएको छ कि गुगलले 'ट्र्याकिङ बन्द गर्ने' बटन बन्द भए पनि गूगलले प्रयोगकर्ताहरूको डेटा संकलन गरेको थियो । यस निर्णयले सम्भावित १८ अगस्टमा हुने परीक्षणको बाटो खुला गरेको छ ।
गुगलले प्रयोगकर्ताको अनुमति बिना नै मोबाइल उपकरणहरूबाट निजी ब्राउजिङ इतिहास रेकर्ड गरेको आरोप छ । गुगलमाथि क्यालिफोर्नियाको 'अनधिकृत धोखाधड़ीयुक्त कम्प्युटर पहुँच कानून' उल्लङ्घन गरेको पनि आरोप लगाइएको छ ।
गुगलको बटन र यसको सेटिङ्सबारे प्रयोगकर्तालाई दिइएको जानकारी अस्पष्ट र भ्रामक भएको अदालतले बताएको छ । यो व्यवहार प्रयोगकर्ताका लागि “अत्यधिक आपत्तिजनक" रहेको मुद्दामा उल्लेख गरिएको छ । गुगलले डेटा कसरी संग्रह गरिरहेको छ भन्ने स्पष्ट जानकारी जानाजानी दिइएको थिएन ।
गुगलले अदालतमा कम्पनीको सेवाहरूमा गोपनीयता नियन्त्रण (प्राइभेसी कन्ट्रोल) पहिले नै उपलब्ध भएको दावी गरेको छ । प्रयोगकर्ताहरूले यसको शर्तहरू स्वीकार गरेका थिए । गूगलका अनुसार आफ्नो डेटा रेकर्ड गर्ने तरिकाले कम्पनीले कसैलाई हानि पुर्याएको छैन् ।
अगस्ट २०२२ मा स्यान फ्रान्सिस्कोको संघीय अपिल अदालतले अर्को मुद्दामा आरोप लगाएको थियो कि गुगलले क्रोम ब्राउजर प्रयोगकर्ताहरूलाई उनीहरूको अनुमति बिना ट्र्याक गरिरहेको थियो । अप्रिल २०२२ मा गुगलले “इनकग्निटो" मोडमा ब्राउजिङ गर्नेहरूलाई ट्र्याक गर्ने मामिलामा ५ अर्ब डलरभन्दा बढीको जरिवाना पनि तिरेको थियो ।