कीवर्डहरू -

अनलाइनबाट कारोबार गर्दा आधिकारिक अकाउन्ट एकिन गरेर मात्र कारोबार गर्न प्रहरीको अनुरोध

अनलाइनबाट कारोबार गर्दा आधिकारिक अकाउन्ट एकिन गरेर मात्र कारोबार गर्न प्रहरीको अनुरोध

सामाजिक संजालमार्फत कारोबार गर्दा सम्बन्धित पेज र अकाउन्ट आधिकारिक हो वा होईन एकिन गरेर मात्र कारोबार गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ । 

पछिल्लो समय सामाजिक संजालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाइ पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलाप सम्बन्धी गुनासोहरु बढेपछि प्रहरीले सचेत रहन आग्रह गरेको हो । 

यदी यस्ता ठगी सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण सहित निवेदन दिन सकिने समेत जनाइएको छ ।