कीवर्डहरू -

टेलिकमकाे एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क, एफटीटीएच सेवा खरिदमा सित्तैमा सीमकार्ड

टेलिकमकाे एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क, एफटीटीएच सेवा खरिदमा सित्तैमा सीमकार्ड

टेलिकमकाे माेबाइल एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क पाइने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा नेपाल टेलिकमले एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क दिने भएकाे हाे । यस्तै एफटीटीएच सेवा सेवा खरिद गर्दा एक थान प्रिपेड सीमकार्ड नि:शुल्क पाइने छ ।

२० ओैं वार्षिकाेत्सवकाे अवसरमा टेलिकमले सेवा शुरु भए पश्चात सेवा लिई हालसम्म निरन्तर सेवा प्रयोग गरिरहेका ३०० पाेष्टपेड र ३०० प्रिपेड ग्राहकहरुलाई लाेयल्टी प्याकेज उपलब्ध गराएकाे छ ।

हाल सन्चालनमा रहेको च्याटबटलाई स्तरोन्नति गरी एआई प्रविधिको ठूलाे भाषा माेडल (एएलएम) मा आधारित च्याटबट सञ्चालनमा ल्याउने तयारी कार्य अन्तिम चरणमा पुर्याएकाे टेलिकमले जनाएकाे छ ।

यश बाहेक गत वर्षको एनिभर्सरी अफर अन्तर्गतको एफटीटीएच कम्बाे प्याकेज (20 Mbps + 1 Telephone + 1 NTTV package) खरिद गरेका ग्राहकले साविकको भन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज रिन्यू गर्न सक्नेछन् ।

नयाँ ग्राहक एवं अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पीड अभिवृद्धि गरी २५० प्रतिशत सम्म पुन्याइएको कम्बो प्याकेज खरिद गर्न सक्ने टेलिकमले जानकारी दिएकाे छ ।