कीवर्डहरू -

सामसङको नयाँ वर्ष अफर सार्वजनिक, टिभी, फ्रिज र वाशिङ मेसिन खरिदमा छुट पाइने

सामसङको नयाँ वर्ष अफर सार्वजनिक, टिभी, फ्रिज र वाशिङ मेसिन खरिदमा छुट पाइने

सामसङ नेपालले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई’ अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत ग्राहकहरूले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म, फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो विशेष छुट अफर आगामी जेठ २ गतेसम्म लागु हुनेछ । 

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ। 

टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी पाइने छ । यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउने छन् ।

सामसङको ७५ भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५ र ६५ युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोनमा रु. पाँच हजारको छुट पाउनु सक्नु हुनेछ ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा  क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ ।

सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कममार्फत अनलाइनमा लिन सक्ने छन । 

यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५ र ६५ ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा रु. ५५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ ।