कीवर्डहरू -

एनसीआईटी कलेजमा मनाइयो सफ्टवेयर फ्रिडम डे

एनसीआईटी कलेजमा मनाइयो सफ्टवेयर फ्रिडम डे

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइएको छ । असोज ५ गते शनिबार एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे २०२४ मनाइएको हो ।

शनिबार बिहान १० बजेदेखि सुरू भएको कार्यक्रमको उद्घाटन एनसीआईटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेलले गरेका थिए । 

कार्यक्रममा आइसिटी विज्ञ हेमपाल श्रेष्ठले ओपन सोर्स प्रभाव र नेपालको इतिहास बारे किनोट मन्तव्य दिएका थिए ।

सफ्टवेयर फ्रिडम डेमा ओपन सोर्स क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूले आफ्नो अनुभव समेत शेयर गरेका थिए । 

कार्यक्रममा प्रोग्रामिङ च्यालेन्ज, क्याप्चर स फ्ल्याग प्रतियोगिता, ओपन सोर्स परियोजना डेमो तथा प्रदर्शनी, गिभअवे लगायतका गतिविधि भएका थिए । साथै प्रतियोगितामा विजेता हुनेलाई पुरस्कार समेत दिइएको थियो । 

सफ्टवेयर फ्रिडम डे प्रत्येक वर्ष सेप्टेम्बरको तेस्रो शनिबार मनाइन्छ । फ्रिडम डे विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाउँदै आइएको छ ।

नेपालमा पनि २० वर्षदेखि नेपाल ओपन सोर्स क्लबले सक्रिय रूपमा सफ्टवेयर फ्रिडम डे आयोजना गर्दै आएको छ ।