कीवर्डहरू -

फोन चार्ज गर्दा याद राख्नुपर्ने केही टिप्स

फोन चार्ज गर्दा याद राख्नुपर्ने केही टिप्स

हाल सबै मोवाइलहरू फास्ट चार्जिङको साथ आउँछन् ।  चार्जर केही मोबाइलहरूमा उपलब्ध छ, तर केहीमा उपलब्ध नहुन् पनि थालेको छ ।

ठूलो ब्याट्री र फास्ट चार्जिङको बावजुद, सबैजना चार्ज छिटो कसरी गर्ने भनेर चिन्तित छन् ।

तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि तपाईको केहि मोबाइल चार्ज गर्ने बानीले तपाईको फोन र ब्याट्री दुबैलाई नोक्सान गरिरहेको छ ।

आज हामी तपाईलाई केही टिप्स बताउँदै छौं, जसको पालना गरेर तपाईले ब्याट्री र फोन दुबै लामो समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।

ओर्जिनल चार्जर प्रयोग गर्नुहोस्

सधैँ आफ्नो फोनसँग मिल्दो ओर्जिनल  चार्जर प्रयोग गर्नुहोस् । बजारबाट जथाभावी कुनै पनि चार्जर किनेर प्रयोग गर्नु खतरनाक हुन सक्छ ।

अधिकतम चार्ज नगर्नुहोस्

आफ्नो मोबाइल कहिेपनि अधिकतम चार्ज नगर्नुहोस्, अर्थात् ८०–९० प्रतिशतसम्म मात्र चार्ज गर्नुहोस् ।

फास्ट चार्ज नगर्नुहोस्

फास्ट चार्जिङले ब्याट्री लाईफलाई नष्ट गर्छ । तपाईले २० वाटसम्मको चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।

तातोबाट बचाउनुहोस्

मोबाइललाई तातो ठाउँमा वा प्रत्यक्ष घाममा नराख्नुहोस्, किनकि अत्यधिक गर्मीले ब्याट्री फुल्न सक्छ र बिग्रन पनि सक्छ ।