कीवर्डहरू -

गूगल म्यापको नेभिगेसन पहिले भन्दा राम्रो र सटीक बनाइँदै

गूगल म्यापको नेभिगेसन पहिले भन्दा राम्रो र सटीक बनाइँदै

गुगल म्यापका प्रायः प्रयोगकर्ताहरूले अनौठो नेभिगेसन देखाउने समस्यामा भोगिरहेको हामीले सुन्दै आएका छौ । तर अब भने गूगलले यो समस्यालाई हल गर्ने भएको छ । कम्पनीले यसको नेभिगेसन एल्गोरिदमलाई थप सुधार गर्न काम गरिरहेको छ ।

गुगल म्यापको आगामी अपडेटको बारेमा, एन्ड्रोइड विकासकर्ताहरूले म्यापमा अब फ्युज्ड ओरिएन्टेसन प्रोभाइडर (एफओपी) को समर्थन प्राप्त गर्ने बताएका छन् । यस समर्थनको उद्देश्य एन्ड्रोइड स्मार्टफोनहरूको ओरिएन्टेसन डिटेक्सनलाई पहिले भन्दा राम्रो बनाउनु हो ।

यस अपडेट मार्फत गुगलले म्याप नेभिगेसनलाई अझ सुधार गर्न गाइरोस्कोप, एक्सेलेरोमिटर र म्याग्नेटोमिटर डाटा प्रयोग गर्नेछ । तर, यी सबै सेन्सरबाट डाटा प्रयोग गर्ने गुगलको आइडिया नयाँ भने होइन, कम्पनीले यसअघि पनि एपीआई प्रयोग गरिसकेको छ तर यो अपडेटले यसलाई पहिलेभन्दा राम्रोसँग काम गर्ने बनाउने छ ।

रिपोर्टहरूका अनुसार, यी परिवर्तन गुगल म्यापमा मात्र लागू नभएर नेभिगेसन डाटाका लागि यसमा निर्भर हुने सबै तेस्रो पक्षीय एपहरूमा पनि लागू हुनेछ । गुगल म्यापको प्रयोगकर्ता इन्टरफेस यस अपडेटबाट कुनै पनि हिसाबले प्रभावित हुने छैन् । यसको मतलब गुगल म्यापको लेआउट प्रभावित हुनेछैन् ।

प्रयोगकर्ताहरूले एप अपडेट वा सर्भर साइड अपडेटमार्फत यो अपडेट इन्स्टल गर्न सक्षम हुनेछन् । गुगलले यसलाई एन्ड्रोइड ५.० वा सोभन्दा माथि चल्ने एन्ड्रोइड डिभाइसका लागि ल्याउनेछ । गुगल म्यापको यो अपडेटले व्यस्त सडकहरूमा नेभिगेसनलाई पहिलेभन्दा राम्रो बनाउन मद्दत गर्नेछ ।