कीवर्डहरू -

अब विद्युतीय साइकलमा पनि कर लाग्ने

अब विद्युतीय साइकलमा पनि कर लाग्ने

अब विद्युतीय साइकलमा पनि कर लाग्ने भएको छ । भन्सार विभागले सबै भन्सार कार्यालयलाई पत्र पठाउँदै विद्युतीय स्कुटर सरह वर्गीकरण गरी जाँचपास गर्न निर्देशन दिएको हो । 

विराटनगर भन्सार कार्यलय लगायतका अन्य सबै भन्सार कार्यालयहरुले विद्युतीय साइकल भनेर पैठारी भएको वस्तुको वर्गीकरण सम्बन्धमा द्विविधा भएको भन्दै भन्सार विभागलाई यसबारे कुरा स्पष्ट पार्न पत्राचार गरेका थिए । 

त्यसपछि भन्सार विभागले अध्ययन गर्दा विद्युतीय साइकल भनेर आयात गरेपनि लक्षण इलेक्ट्रिक स्कुटरसँग मिल्न गएकोकाले उक्त वस्तुलाई भन्सार उपशीर्षक ८७११.६०.९० बाट विद्युतीय स्कुटर सरह वर्गीकरण गर्न जाँचपास गर्न निर्देशन दिइएको हो । 

अबदेखि पाङ्ग्रा/चक्काको व्यास साधारण साइकलमा जडान भएका भन्दा कम भएको तर मोटाइ साधारण साइकलमा जडान भएका भन्दा मोटा प्रकृतिका भई दुई वा सो भन्दा बढी पाङ्ग्रा/चक्का भएका, दुईवटा पाङ्ग्रा/चक्काको बिचमा पाउ राखको लागि तेर्सो प्लेटफर्म वा फुट बोर्ड रहेको, इलेक्ट्रिक मोटत र रिचार्जेबल ब्याट्रीसहितको शक्तिबाट सञ्चालन हुने, एक्सिलेटर र गति नियन्त्रण गर्न सक्ने प्रणाली जडान भएको साइकलमा कर लाग्ने छ ।