कीवर्डहरू -

टिसीएलको नयाँ वर्ष विशेष योजना, होम एप्लाएन्सको खरिदमा क्यासब्याक र उपहार

टिसीएलको नयाँ वर्ष विशेष योजना, होम एप्लाएन्सको खरिदमा क्यासब्याक र उपहार

चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजीका विक्रेताबाट उठाउन सक्नेछन् । यस अफरमा ग्राहकहरूले कुनै पनि टिसीएलको सामानको खरिदमा रु १,६३,३००  सम्मको बचत र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन् ।

यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ । 

यति मात्र नभई, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रा. लि. रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी  र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन् ।