कीवर्डहरू -

मनसुनका लागि उपयुक्त टेक डिभाइस

मनसुनका लागि उपयुक्त टेक डिभाइस

मौसमको परिवर्तनको कारणले घरमा चिसोपनलाई नियन्त्रण गर्न र ढुसी बढ्नबाट रोक्नु आवश्यक छ । उच्च आर्द्रता (ह्यूमिडिटी)को कारणले मानिसहरूलाई धेरै असुविधा हुन्छ र यसले फर्निचरलाई पनि नोक्सान पुर्या‍उँछ ।

यस्तो अवस्थामा पहिलो प्रश्न दिमागमा आउँछ कि यस समस्याबाट कसरी बच्ने ? तपाईंले चिन्ता लिनुपर्दैन् किनभने आधुनिक प्रविधिको फाइदा उठाएर चिसोपनको प्रभावलाई कम गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई केही प्रविधिहरू बारे जानकारी दिदैछौं, जसले मनसुनी समयलाई केही हदसम्म सहज बनाउन सक्छ ।

 स्मार्ट डीह्यूमिडिफायर

स्मार्ट डीह्यूमिडिफायरले तपाईंको घरको भित्री वातावरणलाई तपाईंको आवश्यकता अनुसार नियन्त्रण गर्न सक्छ ।

यसले वाई–फाईमा काम गर्छ र यी उपकरणहरूले तपाईंलाई टाढाबाट चिसोपनको स्तरलाई मोनिटर गर्न र इच्छित स्तरमा सेट गर्न सेटिंगहरू एड्जस्ट गर्न अनुमति दिन्छ ।

एयर प्यूरीफायर

यदि तपाईं डीह्यूमिडिफायरको प्रयोग गर्दै हुनुहुन्छ भने यसका साथै एयर प्यूरीफायरको प्रयोग गर्न सक्नुहुन्छ । बिल्ट–इन डीह्यूमिडिफायर भएको एयर प्यूरीफायरको उपयोग एक अल–इन–वान समाधान हुनेछ ।

यो चिसोपन र हावामा रहेका प्रदूषकहरूसँग पनि लडने गर्दछ, जसले सफा र ताजा हावा प्रदान गर्छ ।

स्मार्ट पंखाको प्रयोग

साधारण पंखाको सट्टा तपाईं स्मार्ट मोडेलको पंखामा अपग्रेड गर्न सक्नुहुन्छ । यी स्मार्ट पंखाले सेड्यूलिंग, असिलेशन र कस्टमाइज स्पीडजस्ता सुविधाहरू दिन्छन्, जसले तपाईंलाई एक व्यक्तिगत कूलिंग अनुभव प्राप्त गर्न मद्दत गर्छ ।
 
कूलिंगका लागि उपकरणहरू

​​​​​​​रेफ्रिजरेटर र एयर फ्रायरजस्ता धेरै आधुनिक किचन टूल्स अपरेशनको क्रममा तातो हावा बाहिर निकालेर डीह्यूमिडिफायरको काम पनि गर्न सक्छन् । यी डिभाइसको सही प्लेसमेन्टले घरमा चिसोपनलाई नियन्त्रण गर्न मद्दत पुर्या‍उन सक्छ ।

वेदर स्टेशन वा एयर क्वालिटी मोनिटरजस्ता स्मार्ट होम उपकरणहरू प्रयोग गरेर तपाईं चिसोपनको स्तरलाई ट्र्याक गर्न सक्नुहुन्छ । यसले तपाईंलाई रियल टाइम डेटासहित समस्या भएका क्षेत्रहरूको पहिचान गर्न मद्दत गर्छ ।

स्मार्ट पर्दाको प्रयोग

​​​​​​​अटोमेटिक पर्दाले तपाईंलाई घरमा चिसोपन नियन्त्रण गर्न मद्दत गर्छ ।   यसले इनडोर तापमानलाई नियन्त्रण गर्न मद्दत पुर्याउने छ । 

तपाईं यसलाई दिनको सबैभन्दा उच्च तापक्रम भएको समयमा बन्द गर्नका लागि सेड्यूल गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईंको घरमा ताप बढ्दैन् ।