कीवर्डहरू -

सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने

सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने

नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले यस्ताे बताएकी हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे हाे ।

यस बाहेक सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डेटा/नमस्ते वाईफाई उपलब्ध गराउने टेलिकमकाे याेजना छ ।

यस्तै वीर अस्पतालमा बिरामी तथा कुरुवाहरुको लागि बेड कम चेयर उपलब्ध गराइने टेलिकमले जनाएकाे छ । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्ल्यान्केट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निः शुल्क Voice सेवा उपलब्ध गराईएकाे छ ।