कीवर्डहरू -

कोशी प्रदेशमा पोल प्रयोग गर्ने केबल र इन्टरनेट सेवा प्रदायकलाई भाडा तिर्न टेलिकमको अनुरोध

कोशी प्रदेशमा पोल प्रयोग गर्ने केबल र इन्टरनेट सेवा प्रदायकलाई भाडा तिर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय विराटनगरले केबल टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकलाई पोल भाडा तिर्न अनुरोध गरेको छ । 

कोशी प्रदेशभित्रका पोल प्रयोग गर्ने केबल टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पोल भाडावापतको रकम भुक्तानी गर्न टेलिकमले अनुरोध गरेको हो । 

केबल टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकले कोशी प्रदेशभित्रका पोल प्रयोग गर्ने सम्बन्धि सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०-८१ सम्मको पोलभाडा वापतको रकम जेठ मसान्तसम्म नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा भुक्तानी गर्न टेलिकमले आग्रह गरेको छ । 

सम्झौता तथा भाडा भुक्तानी नगरे पोल प्रयोग गर्ने सेवा प्रदायकहरूको केबल असार १ गतेदेखि हटाउने चेतावनी समेत दिएको छ ।