कीवर्डहरू -

टिकटकलाई उछिन्दै इन्स्टाग्राम बन्यो विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप

टिकटकलाई उछिन्दै इन्स्टाग्राम बन्यो विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप

टिकटकलाई उछिन्दै इन्स्टाग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावरको डाटा अनुसार इन्स्टाग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड एप बनेको हो ।  

इन्स्टाग्रामको कुल एप डाउनलोडको संख्या २०२२ को तुलनामा २०२३ मा २० प्रतिशतले बढेको छ भने टिकटकको डाउनलोड मात्र ४ प्रतिशतले बढेको छ । 

बर्नस्टेनका विश्लेषक मार्क श्मुलिकले नयाँ प्रयोगकर्ताहरू थप्नुका साथै प्रयोगकर्ताहरूलाई शर्ट भिडियोहरूको सहयोगमा इंगेज गर्न सकेको बताए ।

फलोअर बेसबाट पैसा कमाउने राम्रो प्लेटफर्म भएकाले इन्स्टाग्रामप्रति मानिसहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।