कीवर्डहरू -

हट्यो टिकटकमाथि लागेको प्रतिबन्ध

हट्यो टिकटकमाथि लागेको प्रतिबन्ध

टिकटकमाथि लागेको प्रतिबन्ध हटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते मन्त्रीपरिषद्बाट निर्णय गर्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

बिहीबार केपी ओली नेतृत्वको सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध हटाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल निर्देशिका २०८० अनुसार मन्त्रालयमा सूचीकृत भएको र पोइन्ट अफ कन्ट्याक्ट तोकेपछि खुला भएको जानकारी दिए । 

पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तर बनाउन सहयोग गर्नुपर्ने तथा सामाजिक सद्भाव खलल पार्ने कन्टेन्ट फिल्टर गर्ने शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटेको उनको भनाइ छ । 

मन्त्रीपरिषद्बाट निर्णय भएपनि सरकारले तोकेको शर्त पूरा गर्ने सम्झौता गरेपछि मात्र टिकटक औपचारिक खुल्ने छ ।