कीवर्डहरू -

जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा

जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा

जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८१’ योजना ल्याएको छ ।

नेपाली नयाँ वर्ष स्वागत गर्ने योजना अनुसार जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अफर राखिएको छ । 

ओरा ०३ ईभी खरिदमा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन । 

हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । 

यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले जि.डब्लु.एमको शोरूममा गई टेस्ट ड्राइभ गर्न सक्नेछन् । 

ओरा ०३ इभीः ५ लाखसम्मको फाइदा

यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी जिडब्लुएमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले यसको स्टाइल  र लक्जरीको साथ, निशुल्क ७ किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन् ।

हाभल एच सिक्स, र जोलायनमा ५ लाखसम्मको फाइदा

हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको  उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन् ।

साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

पावर पीकअप किन्दा १० लाखसम्मको फाइदा

जिडब्लुएम को पावर पिक–अपको साथ एन्डुरेन्स  र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ । 

इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।