कीवर्डहरू -

स्वास्थ्य मन्त्रालयले सुरू गर्यो स्वास्थ्य सूचना अभियान, भाइबरबाटै टेलिमेडिसिन सेवा समेत दिने योजना

स्वास्थ्य मन्त्रालयले सुरू गर्यो स्वास्थ्य सूचना अभियान, भाइबरबाटै टेलिमेडिसिन सेवा समेत दिने योजना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राकुटेन भाइबरसँगको सहकार्यमा स्वास्थ्य सूचना अभियान सुरू गरेको छ । यो सहकार्यसँगै भाइबरबाटै स्वास्थ्य सम्बन्धि महत्त्वपूर्ण जानकारीहरू लिन सकिने छ । 

MoHP Nepal भाइबर च्यानलबाट स्वास्थ्य सम्बन्धि आधिकारिक जानकारी तथा सूचना पाइने छ भने क्यान्सर, मानसिक स्वास्थ्य, फुड न्यूट्रिसन, सर्भिकल क्यान्सर लगायतका रोगको जानकारी, रोकथाम, कारण तथा लक्ष्णका लागि टिप्स र विशेषज्ञको सल्लाह समेत योजना अगाडि सारिएको छ ।  

साथै स्वास्थ्य सूचना अभियानको ब्राण्ड एम्बास्डरमा अभिनेत्री ऋचा शर्मालाई नियुक्त गरिएको छ । MoHP Nepal च्यानल यसअघि नै सुरू भएपनि आधिकारिक सहकार्यको घोषणा भने आईतबार गरिएको हो 

नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन उदेश्यले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेको भाइबर एशिया प्यासिफिक क्षेत्रका बिजनेस डेभलपमेन्ट निर्देशक नितिन त्यागीले बताए । 

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले भाइबरलाई अब आधिकारिक सूचना प्रदान गर्ने माध्यमका साथै टेलिमेडिसनको रूपमा पनि उपयोग गर्न खाजेको बताए । 

''सुरूमा हामीले च्यानलबाट स्वास्थ्य सम्बन्धि सूचनाहरू दिन्छौं,' उनले भने, 'त्यसपछि विस्तारै टेलिमेडिसिनको रूपमा उपयोग गर्ने योजना छ । 

नेपालमा भएका स्वास्थ्यकर्मीहरूलाई सो च्यानलमा जोडेर विरामीहरूलाई विशेषज्ञ सल्लाह दिने योजना मन्त्रालयले बनाएको छ । यसले गर्दा विशेषगरी दुर दराजमा रहेका सेवाग्राही लाभान्वित हुने मन्त्रालयको अपेक्षा छ । 

यस्तै भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमार्फत महत्वपूर्ण कदम अगाडि बढेको बताए । 

सार्वजनिक सूचनाहरू भाइबर भाइबर क्म्युनिटी च्यानलबाटै प्रदान गर्ने उद्देश्यले भाइबरले नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै आएको छ । त्यसै अनुसार स्वास्थ्य मन्त्रालयसँग पनि सहकार्य गरिएको हो । 

नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्ने भाइबरले विश्वास लिएको छ ।