कीवर्डहरू -

भिभो भि ३० सिरिजका फोन तीन रङमा आउँदै

भिभो भि ३० सिरिजका फोन तीन रङमा आउँदै

भिभोले आफ्ना ग्राहकहरुका लागि भिभो भि ३० सिरिजका दुई नयाँ फोन भिभो भि ३० र भिभो भि ३० प्रो ल्याउने भएको छ । भिभोले नयाँ फोन लन्च गर्नु अघि डिभाइसका लागि विस्तारै नयाँ जानकारी दिएको छ ।

अहिले नयाँ फोनको रंग विकल्प खुलासा गरिएको छ । कम्पनीले नयाँ पोस्टर जारी गरेर फोनको कलर विकल्प बारे टिजर दिएको छ । यस पोस्टरको साथ खुलासा गरिएको जानकारी अनुसार फोन क्लासिक ब्ल्याक, ब्लू र पीकक ग्रीन शेडहरूमा ल्याइएको छ ।

कम्पनीले नयाँ फोनको हरेक रंगलाई विशेष कथासहित जोडेर ल्याएको छ । ग्राहकहरुको फोटोग्राफीको आवश्यकतालाई ध्यानमा राखी भिभो सिरिजका फोनहरु ल्याइएको हो ।

भिभोका नयाँ फोन अरा लाईट पोट्रेट फल्याससहित ल्याइने छ । क्यामेरासँग सम्बन्धित यो लाइट फिचरले प्रयोगकर्तालाई कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू क्लिक गर्न मद्दत गर्ने कम्पनीको दावी छ ।