कीवर्डहरू -

कस्तो होला आईफोन १६ ?

कस्तो होला आईफोन १६ ?

सेप्टेम्बर २०२३ मा, एप्पलले आफ्ना ग्राहकहरूको लागि नवीनतम आईफोन १५ श्रृृंखला लन्च गरेको थियो । यस श्रृंखलामा चारवटा स्मार्टफोनहरू समावेश छन् ।

अब नयाँ मिडिया रिपोर्टले कम्पनीले आफ्ना ग्राहकहरुका लागि नयाँ आईफोन १६ ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।रिपोर्टले आईफोन १६ मा केहि प्रमुख परिवर्तनहरू हुने बताएको छ ।

यस बाहेक यसको डिजाइनको बारेमा पनि केही समाचारहरू बाहिर आएका छन्, जसबाट यो फोन आईफोन १२ जस्तो देखिन सक्ने बताइएको छ ।

आईफोनसँग सम्बन्धित जानकारी साझा गर्ने वेबसाइट म्याकरयुमर्सले आफ्नो हालैको रिपोर्टमा आईफोन १६ लाई कोडनेम डेलोरियन दिइएको बताएको छ ।

यस बाहेक, रिपोर्टले आईफोन १६ को प्रारम्भिक पूर्व–उत्पादन डिजाइनको बारेमा पनि जानकारी प्रदान गर्दछ । रिपोर्टले आईफोन १६ को बटन र क्यामेरा लेआउट परिवर्तन गरिने पनि खुलासा गरेको छ । आइफोन १६ को धेरै प्रोटोटाइप परीक्षण गरिनेछ । 

यो प्रोटोटाइप पहेंलो, गुलाबी, मिडनाइट र कालो बाहेक धेरै कलर विकल्पहरूमा प्रस्तुत गरिएको छ । जहाँ पहेंलो प्रोटोटाइपमा एक्शन बटन, इन्टिग्रेटेड भोल्युम बटन र फोन एक्स–स्टाइल क्यामेरा बम्प छ ।

यस्तै गुलाबी प्रोटोटाइपमा एक्शन बटन र छुट्टै मेकानिकल भोल्युम बटन छ । मिडनाइट प्रोटोटाइपमा ठूलो एक्शन बटन र नयाँ क्याप्चर बटन छ ।

आइफोन १६ अरु आइफोनको तुलनामा सबैभन्दा ठूलो भिन्नता क्यामेराको डिजाइनमा हुनेछ । आईफोन १६ का लागि दुईवटा क्यामेरा बम्प डिजाइनहरू विचार गरिँदैछ भन्ने जानकारी आएको छ ।

यी मध्ये एउटा आइफोन १२–शैलीको डिजाइन हो, जसमा दुईवटा क्यामेरा लेन्सहरू हुनेछन् र अर्को आइफोन एक्स जस्तै हुनेछ ।