कीवर्डहरू -

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

डिजिटल वालेट खल्तीबाट टपअप गर्दा थाइल्याण्ड घुम्न जाने मौका पाउन सकिने भएको छ ।  बन होलिडेजको सहकार्यमा खल्तीले आफ्ना ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको हो । 

यस अफर अन्तर्गत 'खल्ती' प्रयोगकर्ताले मंसिर १५ देखि पौष २९ सम्म ५० रूपैयाँको टपअप गरि थाइल्याण्ड भ्रमणको लकि ड्र मा सहभागी हुने मौका पाउनेछन् साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन् ।

यो अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको 'टपअपमा मा थाइल्याण्ड ट्रीप' आईकन बाट ५० रूपैयाँको रिचार्ज गर्नुपर्नेछ। रिचार्ज गरे पश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन् भने २५ खल्ती पोइन्ट्स पनि तुरुन्तै आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् ।

 केवाईसी भेरिफाइ नगरेका ग्राहकलै पनि तुरुन्तै आफ्नो केवाईसी भेरिफाइ गराई अफरमा सहभागिता जनाउन सक्नेछन्।

यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली जोडी विजेताको घोषणा अफर सकिएको हप्ता दिन भित्रमा खल्तीको फेसबुक लाइभ मार्फत हुनेछ । 'टपअप मा थाइल्याण्ड ट्रिप' अफर भने मंसिर १५ देखि पौष २९ सम्म सञ्चालन हुनेछ ।