कीवर्डहरू -

अघि बढ्यो नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रिया, कसले मार्ला बाजी ?

अघि बढ्यो नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रिया, कसले मार्ला बाजी ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त प्रक्रिया अगाडि बढाएको छ । 

मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक बन्नका लागि आवेदन दिएका व्यक्तिहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वाताको सूचना प्रकाशित गरेको हो । 

प्रस्तुतिकरण र अन्तर्वाताका लागि असार २० गते बिहीबार अनन्त प्रकाश मल्लिक, अनिल कुमार झा र कमल लामिछानेलाई बोलाइएको छ । 

यस्तै असार २१ गते शुक्रबार कृष्ण प्रसाद भण्डारी, केदार नाथ कोइराला, चिन्ता मणी बराल, नगेन्द्र कुमार दास, प्रेम प्रसाद सिलवाल र बुद्धि आचार्यलाई बोलाइएको छ । 

त्यसैगरी असार २२ गते शनिबार रमेश प्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, डा. विमल आचार्य, इन्जिनियर शालिक राम सुवेदी, डा. शालिक राम पराजुली र संगीता पहाडी अर्याललाई बोलाइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २२ गते १५ दिने सूचना प्रकाशित गरेर दरखास्त माग गरेको थियो । उक्त सूचना अनुसार आएका दरखास्त मध्येबाट १६ जनाको दरखास्त स्वीकृत भएको थियो । 

१६ जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वाता सकिएपछि छनौट समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । 

३ जना मध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्नेछ । प्रबन्ध निर्देशकको मुख्य दाबेदारको रूपमा नेपाल टेलिकममा कार्यरत डा. विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झालाई हेरिएको छ । 

आचार्य सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा निकट रहेका छन् भने झा प्रधानमन्त्री पुष्प कमल दाहाल निकट रहेका छन् । 

null