कीवर्डहरू -

डेलसन्स एशोशिएसट्सको सेवा नेपालमा सुरू

डेलसन्स एशोशिएसट्सको सेवा नेपालमा सुरू

डेलसन्स एशोशिएसट्स युएईले नेपालमा आफ्नो सेवा सुरू गरेको शुक्रबार काठमाडौंको म्यारियट होटलमा एक कार्यक्रम गर्दै डेलसन्स एशोशिएसट्सले नेपालमा सेवा सञ्चालन गरेको जानकारी दिएको हो

संयुक्त अरब इमिरेट्सको डेलसन्स एशोशिएसट्सले दक्षिण एशियाका वाणिज्य बैंकहरूलाई स्थानीय अन्तर्राष्ट्रिय वित्तीय कानुनहरू कार्यान्वयनमा सहजीकरण गर्न नेपालमा सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको

कार्यक्रममा डेलसन्स एशोशिएसट्सले नेपालका बैंक तथा वित्तीय संस्था लगायत अन्य सरोकारवालाहरूसँग सेवा उपलब्ध गराउने सम्झौता गरेको

त्यसैगरी कार्यक्रममा डेलसन्सले नेपालमा फ्रिल्यान्सर संघ स्थापना गर्न नेपाल इन्टरनेट फाउन्डेसनसँग एमओयुमा हस्ताक्षर समेत भएको

नेपाल मध्यपूर्वमा डिजिटल फ्रिल्यान्सरका लागि इकोसिस्टम रेमिट्यान्स च्यानल प्रवर्द्धन गर्न सघाउने समेत कम्पनीको भनाइ

डेलसन्स एशोशिएसट्स युएईका अध्यक्ष इब्राहिम अमीनले विश्वव्यापी वित्तीय प्रणाली अन्तर्गतका नियम तथा कानुनहरूको कम्प्लाएन्स सिस्टमलाई बलियो बनाउन नेपालमा सेवा विस्तार गरेको बताए

यस्तै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले अर्थतन्त्रको द्रुत विकासका लागि इन्टरनेट अपरिहार्य भएको बताए

उनले अगाडि भने, ‘नेपालमा डिजिटल वित्तीय प्रणाली आवश्यक तर साइबर सुरक्षा साइबर अपराधका लगायतका चुनौतीहरू सम्बोधन गर्न पनि उत्तिकै महत्त्वपूर्ण

त्यसैगरी डेलसन्स एशोशिएसट्स युएईका सीईओ तुफैल अहमद खानले डेलसन्स एशोशिएसट्सको वित्तीय विज्ञताले नेपालको दिगो फ्रिल्यान्सिङ ल्यान्डस्केपको विकासमा टेवा पुग्ने बताए