कीवर्डहरू -

विश्वकै शक्तिशाली ब्याट्री सार्वजनिक, एक पटक चार्ज गरेपछि ५० वर्षसम्म गर्न नपर्ने

विश्वकै शक्तिशाली ब्याट्री सार्वजनिक, एक पटक चार्ज गरेपछि ५० वर्षसम्म गर्न नपर्ने

एक चिनियाँ स्टार्टअपले एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने ब्याट्री निर्माण गरेको छ । बेटाभोल्ट नामक कम्पनीले ५० वर्ष आयु रहेको एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने विश्वकै शक्तिशाली ब्याट्री विकास गरेको हो । 

यति शक्तिशाली ब्याट्रीको साइज कत्रो होला ? प्रायको जवाफ हुन्छ, धेरै ठूलो । तर यो ब्याट्रीको साइज एक सिक्काको बराबर रहेको छ । यो ब्याट्री  परीक्षणको पनि सफल भइसकेको छ । 

यसको ठूलो मात्रामा उत्पादन पनि ठूलो मात्रामा भएको छ । चाँडै स्मार्टफोन र ड्रोनमा प्रयोग हुने बताइएको छ । ब्याट्रीमा परमाणु ऊर्जा प्रयोग गरिएको छ ।
 
बेटाभोल्टको परमाणु ऊर्जा ब्याट्री अन्तरिक्ष, एआई उपकरण, माइक्रोप्रोसेसरहरू, उन्नत सेन्सर, माइक्रो रोबोट आदिमा पनि प्रयोग गरिने छ । यसबाहेक, यो ब्याट्री पेसमेकर जस्ता जीवन बचाउने उपकरणहरूमा  प्रयोग हुनेछ ।

यस ब्याट्रीको साइज १५X१५X५ मिलिमिटर छ । यसमा डायमण्ड सेमीकण्डक्टरको प्रयोग गरिएको छ । यो ब्याट्रीले ३ भोल्ट पावरबाट १०० माइक्रोवाट ऊर्जा उत्पादन गर्छ । सन् २०२५ सम्ममा यस ब्याट्रीको पावर १ वाटमा पुर्‍याउने लक्ष्य राखिएको छ । यसले –६० देखि १२० डिग्री सम्मको तापक्रममा काम गर्न सक्छ ।