कीवर्डहरू -

यी हुन् प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म, यसरी गर्नुहोस् प्रयोग

यी हुन् प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म, यसरी गर्नुहोस् प्रयोग

क्लाउड स्टोरेजको नाम त तपाईंले सुन्नुभएको नै होला । साधारणतया हामी हाम्रो डिजिटल सामान जस्तै फोटो, भिडियो, अडियो आदि क्लाउड स्टोरेजमा राख्छौं । क्लाउड स्टोरेजको फाइदा के हुन्छ भने तपाईंलाई कुनै फिजिकल स्टोरेजको आवश्यकता हुँदैन र डेटा सुरक्षाबारे चिन्ता गर्नुपर्दैन् । क्लाउड स्टोरेज प्लेटफर्महरूले तपाईंलाई डेटा अनलाइन स्टोर गर्ने सुविधा प्रदान गर्छन्, जसबाट तपाईं आफ्नो फाइलहरू जहाँसुकै, जुनसुकै डिभाइसबाट एक्सेस गर्न सक्नुहुन्छ । आजको यस रिपोर्टमा हामी तपाईंलाई केही प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म र तिनका फाइदाबारे जानकारी दिनेछौं ।

 प्रमुख क्लाउड स्टोरेज प्लेटफर्महरू

गूगल ड्राइभ

निःशुल्क स्टोरेजः १५ जीबी
प्रमुख सुविधाहरूः गूगल डक्स, शीट्स, स्लाइड्ससँगको इन्टिग्रेशन, सजिलो सेयरिङ र सहकार्य ।  
फाइदाहरू : गूगल अकाउन्टसँग निःशुल्क उपलब्ध, फाइलहरू सेयर र सम्पादन गर्न सजिलो, सुरक्षित र विश्वसनीय स्टोरेज ।  

कसरी प्रयोग गर्ने?  
– गूगल ड्राइभ एप डाउनलोड गर्नुहोस् वा ड्राइभ.गूगल.कममा जानुहोस् ।  
– गूगल अकाउन्टबाट लगइन गर्नुहोस् र फाइलहरू अपलोड गर्नुहोस् ।  
– फोल्डर र फाइलहरू सेयर गर्नुहोस् वा कोलाबोरेट गर्नुहोस् ।

ड्रपबक्स

निःशुल्क स्टोरेज : २ जीबी 
प्रमुख सुविधाहरूः सिंक गर्ने सुविधा, थर्ड पार्टी एपहरूसँगको इन्टिग्रेशन, उत्कृष्ट फाइल व्यवस्थापन ।   
फाइदाहरू : सरल र प्रयोगकर्ता–मैत्री इन्टरफेस, एकै समयमा धेरै डिभाइसमा सिंक गर्न सक्षम ।  

कसरी प्रयोग गर्ने?  
– ड्रपबक्स डटकममा जानुहोस् वा एप इन्स्टल गर्नुहोस् ।  
– अकाउन्ट बनाउनुहोस् र फाइलहरू अपलोड गर्न सुरु गर्नुहोस् ।  
– फाइलहरू सेयर गर्न वा अरूसँग सहकार्य गर्ने सुविधा । 

माइक्रोसफ्ट वानड्राइभ

निःशुल्क स्टोरेजः ५ जीबी
प्रमुख सुविधाहरूः माइक्रोसफ्ट अफिस एपहरू (वर्ड, एक्सेल, पावरपोइन्ट) सँगको इन्टिग्रेशन, विन्डोज र अफिस ३६५ सँग सहज काम गर्छ ।  
फाइदाहरू: विन्डोज प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प, सजिलो सेयरिङ र अफिस एपहरूसँगको सहकार्य ।  

कसरी प्रयोग गर्ने?  
–  वानड्राइभ डटकम मा जानुहोस् वा एप डाउनलोड गर्नुहोस् ।  
– माइक्रोसफ्ट अकाउन्टबाट लगइन गर्नुहोस् ।  
– फाइलहरू अपलोड गर्नुहोस् र अफिस एपहरूमा सजिलै एक्सेस गर्नुहोस् ।

आईक्लाउड (एप्पल)  

निःशुल्क स्टोरेजः ५ जीबी 
प्रमुख सुविधाहरू :आईओएस र म्याकओएससँग सहज काम गर्छ, स्वचालित ब्याकअप र सिंक ।  
फाइदाहरू : एप्पल उपकरणहरूसँग उत्कृष्ट इन्टिग्रेशन, स्वचालित फोटो र डेटा ब्याकअप ।  

कसरी प्रयोग गर्ने ?  
–आईक्लाउड.कम मा जानुहोस् वा आईफोन/आईप्याड/म्याकबाट प्रयोग गर्नुहोस् ।  
– एप्पल आईडीबाट लगइन गर्नुहोस् र फाइलहरू क्लाउडमा स्टोर गर्नुहोस् ।