कीवर्डहरू -

सामसङका तीन नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् सुविधा ?

सामसङका तीन नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् सुविधा ?

सामसङले आफ्ना प्रयोगकर्ताका लागि ए सिरिजमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए १५ फाइभजी मा ए१५ को फोरजी र फाइभजी भेरियन्ट भियतनाममा सार्वजनिक गरेको हो । 

सामसङका तीनवटै नयाँ स्मार्टफोन कि आइल्याण्ड फिचरसहित ल्याइएका छन् । सामसङको यो फिचरले फोनलाई बलियो र सहज ग्रिप दिने काम गर्ने सामसङको भनाइ छ । यो सुविधासहित तीनवटै नयाँ फोनहरू राउन्ड एज डिजाइनका साथ उपलब्ध छन् । 

ग्यालेक्सी ए १५ को फोरजी र फाइभजी भेरियन्ट लगभग उस्तै सुविधाहरूसहित सार्वजनिक गरिएको छ । यद्यपी, दुवै फोन चिपसेटको सन्दर्भमा एक अर्काभन्दा फरक छन् ।

हेलियो जी ९९ चिपसेटसहितको फोरजी फोन र डाइमेन्सिटी ६१०० प्लस चिपसहितको फाइभजी फोन ल्याइएको छ । दुवै फोनमा ६.५ इन्चको एस एएमओएलइडी इन्फिनिटी–यू नच डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, ८०० निट्स ब्राइटनेस रहेको छ ।

फोरजी फोन ८ जीबी र्याम र १२८ जीबी/२५६ जीबी भण्डारण विकल्पको साथ उपलब्ध भएको छ भने फाइभजी फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेज  विकल्पसंग उपलब्ध भएको छ । 

दुबै फोनमा ५० मेगापिक्सेल (मुख्य) + ५ मेगापिक्सेल (अल्ट्रा–वाइड) + २ मेगापिक्सेल सेन्सर र १३ मेगापिक्सेल फ्रन्ट क्यामेरामा राखिएको छ ।

यी दुवै फोनमा ५ हजार एमएएच ब्याट्री र २५ वाट फास्ट चार्जिङ सुविधा रहेको छ । ग्यालेक्सी ए २५ फाइभजी फोनमा एक्जीजोस १२८० चिपसेट प्रयोग गरिएको छ ।

फोनमा ६.५ इन्चको एस एएमओएलइडी इन्फिनिटी–यू नच डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, १००० निट्स ब्राइटनेस सुविधा छ । 

यसमा ६/८ जीबी र्याम र १२८ जीबी स्टोरेज विकल्पको व्यवस्था रहेको छ । ग्यालेक्सी ए १५ फोरजीको २०५ अमेरिकी डलर र फाइभजी भर्सनको २६० डलर मूल्य तोकिएको छ । यस्तै ग्यालेक्सी ए २५ को मूल्य २७० डलर तोकिएको छ ।