कीवर्डहरू -

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि सो निर्णयविरूद्ध सर्वोच्चमा १४ रिट परेका थिए । 

ती रिटमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले मिसिर १९ गते मंगलबारका लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो । तर मंगलबार सुनुवाई नभई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।