कीवर्डहरू -

नयाँ व्यवसाय दर्ता गर्नेलाई ५ हजार पर्ने कारोबार एपको प्रो सब्सक्रिप्सन निःशुल्क

नयाँ व्यवसाय दर्ता गर्नेलाई ५ हजार पर्ने कारोबार एपको प्रो सब्सक्रिप्सन निःशुल्क

नयाँ व्यवसाय दर्ता गर्नेलाई कारोबार एपले निःशुल्क प्रो सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । पुस १ गतेदेखि चैत ३० गतेभित्र स्थानीय तह, घरेलु तथा साना उद्योग र वडा कार्यालय मध्ये कुनै एकमा आफ्नो व्यवसाय दर्ता गर्नेले कारोबार एपको प्रो सब्सक्रिप्सन निःशुल्क पाउने भएका हुन् । 

दर्ता गरेपछि प्रो सब्सक्रिप्सन निःशुल्क पाउन कारोबार एपमा सम्पर्क गर्न सकिने छ । सानो लगानीमा नयाँ व्यवसायी सुरू गर्ने उद्यमीलाई डिजिटल सेवा प्रवर्द्धन गर्ने उद्देश्यले कारोबार एपले ५ हजार रूपैयाँ पर्ने प्रो सब्सक्रिप्सन निःशुल्क दिन लागेको हो । 

कारोबार एप साना व्यवसायीहरूका लागि तयार पारिएको अकाउन्टिङ तथा इन्भेन्ट्री व्यवस्थापन गर्ने डिजिटल प्लेटफर्म हो । कारोबारको सेवा मोबाइल एप र वेबसाइटबाट लिन सकिन्छ ।