कीवर्डहरू -

६ वर्ष अघि सार्वजनिक भएको गूगलको पोडकास्ट सेवा बन्द हुँदै

६ वर्ष अघि सार्वजनिक भएको गूगलको पोडकास्ट सेवा बन्द हुँदै

अप्रिल २०२४ को शुरुवात संगै, गूगलले आफ्नो सेवाहरु मध्ये पोडकास्ट सेवा बन्द गर्न गइरहेको छ । अप्रिल २ पछि गूगल पोडकास्ट्स बन्द हुनेछ ।

यद्यपि यो एप अझै पनि गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ । गुगलले जुन २०१८ मा पोडकास्ट्स सुरु गरेको थियो । 

गुगल पोडकास्टको सदस्यता लिएका प्रयोगकर्ताहरूको सदस्यता युट्युब म्यूजिकमा सारिने छ । गुगलले प्रयोगकर्ताहरूलाई इ–मेल मार्फत पोडकास्ट बन्द गर्ने बारे जानकारी दिइरहेको छ ।

गुगलले बिस्तारै युट्युब म्यूजिक मार्फत पोडकास्ट सुविधा एकीकृत गर्न थालेको छ । अमेरिकामा युट्युब म्युजिक र पोडकास्ट एउटै एपमा देखिन थालेका छन् । यो चाँडै अन्य देशहरूमा पनि रिलिज हुनेछ ।

विश्वव्यापी रूपमा गुगल पोडकास्ट एप ५० करोड भन्दा बढी मानिसहरूले डाउनलोड गरेका छन् । एक रिपोर्टका अनुसार मानिसहरू पोडकास्ट एपको सट्टा युट्युब म्युजिक प्रयोग गर्न चाहन्छन् । गूगलले युट्युब म्यूजिकमा पोडकास्ट सुविधाहरू पनि थप्दैछ, जसमा आरएसएस फिड पनि समावेश रहेको छ ।

गत वर्ष अक्टोबरमा गुगलले आफ्नो जीमेलको १० वर्ष पुरानो फिचर बन्द गर्ने घोषणा गरेको थियो । गूगलले जनवरी २०२४ मा जीमेलको बेसिक एचटिएमएल भ्यू रिटायर गरेको छ । 

गुगल पोडकास्ट डाटा र सदस्यता कसरी ट्रान्स्फर गर्ने ?

सबैभन्दा पहिले, आफ्नो पोडकास्ट एप खोल्नुहोस् । अब मेनुमा जानुहोस् र एक्सपोर्ट सब्सिक्रिप्सनको विकल्पमा क्लिक गर्नुहोस् ।

यहाँ तपाईंले युट्युब म्यूजिकमा एक्सपोर्टको विकल्प पाउनुहुनेछ । अब तपाईंले यसमा एक्सपोर्ट विकल्प चयन गर्नुपर्छ ।

यसपछि कन्टिन्यूको विकल्पमा क्लिक गर्नुहोस् । यसपछि तपाईंको सदस्यता युट्युब म्यूजिक एपमा ट्रान्सफर हुनेछ ।