कीवर्डहरू -

बिल गेट्सको सफलता पछाडि लुकेका ५ प्रमुख बानी, जुन तपाईंले पनि अपनाउन सक्नुहुन्छ !

बिल गेट्सको सफलता पछाडि लुकेका ५ प्रमुख बानी, जुन तपाईंले पनि अपनाउन सक्नुहुन्छ !

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले प्रविधि उद्योगमा छुट्टै पहिचान छ । उनी आफ्नो प्रडक्टिभिटी र सफलताका लागि परिचित छन् ।

धेरैलाई लाग्न सक्छ बिल गेट्सको सफलताको राज के होला ? दैनिकी कसरी बित्छ होला ? के के बानी छन् होला ? 

आज हामी तपाईलाई बिग गेट्स ५ बानीको बारेमा जानकारी दिदै छौं, जुन तपाई पनि फ्लो गर्न सक्नुहुन्छ । 

पढ्ने बानी 

बिल गेट्सको एउटा विशेष बानी भनेको उनलाई पढ्ने निकै रुचि छ । उनी हरेक वर्ष झण्डै ५० किताबहरू पढ्छन् र तिनबाट सिकेर आफ्नो वृद्धि तथा विकासका लागि प्रयोग गर्छन् । गेट्स धेरैजसो आफ्ना पुस्तकका सुझाव आफ्नो ब्लगमा साझा गर्छन् ।

स्पष्ट लक्ष्य र कडा मेहनत 

गेट्सको माइक्रोसफ्ट प्रतिको दृष्टिकोण जहिले पनि स्पष्ट रह्यो, र उनले कडा मेहनतका साथ आफ्ना लक्ष्यहरू हासिल गरे । आफ्ना विचारहरूलाई वास्तविकतामा बदल्न उनले निरन्तर मेहनत गरे । जसको परिणामस्वरूप, माइक्रोसफ्ट विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीहरू मध्ये एक बन्न सफल भयो । कुनै पनि लक्ष्य प्राप्त गर्न त्यसमा ध्यान केन्द्रित गर्नु अत्यन्त आवश्यक हुन्छ ।

गल्तीहरूबाट सिक्ने बानी

धेरै मानिसहरू असफलताबाट टाढा भाग्छन्, तर बिल गेट्स भने आफ्ना गल्तीहरूबाट सिक्न विश्वास गर्छन् । आफ्नो सम्पूर्ण करियरको दौरान, गेट्सले आफ्ना गल्तीहरू खुलेर स्वीकार गरेका छन् । गल्तीहरू स्वीकार गरेर र तिनबाट पाठ सिकेर जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।

अरूको भलो गर्ने 

व्यावसायिक सफलताभन्दा पर, गेट्स परोपकारमा आफ्नो गहिरो लगावका लागि चिनिन्छन् । बिल र मेलिन्डा गेट्स फाउन्डेशन मार्फत उनले वैश्विक स्वास्थ्य र विकासमा योगदान दिएका छन् । यसले देखाउँछ कि जीवनमा पैसा मात्र महत्वपूर्ण हुँदैन, बरु तपाईंले के गर्दै हुनुहुन्छ र त्यसले समाजमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

जुनूनको पछ्याउने बानी 

अरबपति भए तापनि, बिल गेट्स सादगीपूर्वक जीवन बिताउँछन् । चाहे लुगाफाटा होस् वा खर्च, उनी जहिले पनि सोचविचार गरेर निर्णय लिन्छन् । उनी विश्वास गर्छन् कि सफलता प्राप्त गर्न धेरै चीजहरू आवश्यक हुँदैनन्, बरु सफलता ज्ञान आर्जन र समाजमा योगदान दिएर प्राप्त गर्न सकिन्छ । अर्थात्, जुनूनलाई पछ्याएर र समाजमा योगदान दिएर सफलता हासिल गर्न सकिन्छ ।