युट्युबले दुई नयाँ फिचरहरू सार्वजनिक गरेको छ । क्रिएटर्ससँगै प्रयोगकर्ताहरूको कामलाई पनि सजिलो बनाउन युट्युबले नयाँ फिचर ल्याएको हो ।
यी फिचरमध्ये एकको माध्यमबाट क्रिएटर्स आफ्ना फ्यान्ससँग अझ राम्रोसँग जोडिन सक्छन् भने अर्को फिचरले प्रयोगकर्ताहरूलाई छिटो भिडियो हेर्न सहयोग गर्छ।
पहिलो फिचर युट्युबको कम्युनिटीसँग सम्बन्धित छ । युट्युबले आफ्नो डेडिकेटेड कम्युनिटी स्पेस फिचर “कम्युनिटिज“ को विस्तार गरेको छ । यो फिचरको सहयोगले क्रिएटर्सले अब सिधै आफ्ना फ्यान्ससँग जोडिन सक्छन् र यसका लागि तेस्रो–पक्ष प्लेटफर्मको आवश्यकता हुँदैन् ।
युट्युबले यो फिचर गत वर्ष सेप्टेम्बरमा घोषणा गरेको थियो, जुन अहिले मोबाइलमा पनि उपलब्ध गराइएको छ । यसको माध्यमबाट क्रिएटर्सले आफ्ना फ्यान्ससँग इमेज र टेक्स्ट पोस्ट सेयर गर्न सक्छन्, जसले सिधा अन्तरक्रिया गर्न सजिलो बनाउँछ । हाललाई यो फिचर निमन्त्रणा मार्फत सीमित संख्याका क्रिएटर्सलाई मात्र उपलब्ध गराइएको छ । तर भविष्यमा युट्युबले यो फिचर सबै क्रिएटर्सका लागि उपलब्ध गराउन सक्नेछ ।
युट्युबले भिडियो हेर्ने अनुभवलाई अझ राम्रो बनाउँदै नयाँ ४ गुणा स्पीड प्लेब्याक फिचर सार्वजनिक गरेको छ । यो फिचरको सहयोगले प्रयोगकर्ताहरूले भिडियो चार गुणा छिटो स्पीडमा हेर्न सक्छन्, जसले इंट्रोडक्शन, स्पोन्सर्ड सेग्मेन्ट वा अन्य अनावश्यक भागहरू छिटो स्किप गर्न सहयोग गर्छ ।
यो नयाँ फिचर हाललाई एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ, तर केवल प्रिमियम सब्सक्राइबरहरूका लागि मात्र जारी गरिएको छ ।
यदि तपाईं युट्युब प्रिमियम प्रयोगकर्ता हुनुहुन्छ र यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने, युट्युब एक्सपेरिमेन्ट पेजमा गई यो फिचर म्यानुअली सक्रिय गर्नुपर्नेछ ।