कीवर्डहरू -

ब्लुटुथ प्रविधि प्रयोग गर्नुहुन्छ ? यी खतराबाट जोगिनुहोस्

ब्लुटुथ प्रविधि प्रयोग गर्नुहुन्छ ? यी खतराबाट जोगिनुहोस्

प्रविधि दिनप्रतिदिन अगाडि बढिरहेको छ । हरदिन लगातार नयाँ–नयाँ ग्याजेट र उपकरण आइरहन्छन् ।

ब्लुटुथ डिभाइस पनि यी मध्ये एक हो, जुन धेरै मानिसहरूद्वारा प्रयोग गरिन्छ । आजको अन्तरसम्बन्धित संसारमा, ब्लुटुथ प्रविधिको प्रयोग डिभाइसलाई वायरलेस रूपमा कनेक्ट गर्न प्रयोग गरिन्छ । 

यसको मद्दतले, स्मार्टफोन र ल्यापटपदेखि लिएर स्मार्टवाच र आईओटी डिभाइसहरू सबै कनेक्ट गर्न सकिन्छ । तपाईलाई यसमा सुविधा भए पनि, सुरक्षामा समस्या आउन सक्छ, यस्तो अवस्थामा तपाईले यी जोखिमहरू बुझ्नु र आफ्नो डिभाइस सुरक्षित राख्नु महत्त्वपूर्ण छ ।

ब्लुज्याकिङ

सबैभन्दा पहिले, यदि हामी ब्लुज्याकिङको बारेमा कुरा गर्छौं भने, यो एक प्रकारको साइबर आक्रमण हो, जसमा स्क्यामरहरूले ब्लुटुथ–सक्षम डिभाइसमा अनावश्यक मेसेज वा फाइलहरू पठाउने गर्छन ।

यस कारण, स्क्यामरहरूले तपाईंको गोपनीयतालाई भंग गर्न सक्छन् र संवेदनशील जानकारीमाथि पहुँच प्राप्त गर्न सक्छन् ।

ब्लूस्नारफिंग 

ब्लूस्नारफिंगले ब्लुटुथ–सक्षम डिभाइसको डेटा, जस्तै सम्पर्क, मेसेज, र मल्टिमिडिया फाइलहरूमा अनावश्यक पहुँच प्रदान गर्दछ ।

यसमा, स्क्यामरहरूले ब्लुटुथ प्रोटोकलमा कमजोरीहरूको फाइदा उठाउँछन् र प्रयोगकर्ताको जानकारी बिना जानकारी चोरी गर्छन् ।

ब्लुबगिङ

ब्लुबगिङ आक्रमणले ह्याकरहरूलाई ब्लुटुथ–सक्षम डिभाइसमा पूर्ण नियन्त्रण प्राप्त गर्न अनुमति दिन्छ ।

यसले ह्इाकरलाई कल गर्न, मेसेज पठाउन, र प्रयोगकर्ताको सहमति बिना कनेक्ट गरिएको डिभाइसमा डेटा पहुँच गर्न समेत अनुमति दिन्छ ।

डिनायल अफ सर्भिस (डिओएस)

ब्लुटुथ–सक्षम डिभाइस डिओइस आक्रमणका लागि कमजोर हुन्छन् । त्यसैकारण आक्रमणकारीहरूले अत्यधिक कनेक्सन रिक्वेस्ट वा बेकार डेटाको साथ डिभाइसको सामान्य कार्यक्षमतामा बाधा पुर्या‍उँने र प्रणाली क्र्यास गराउन सक्छन् ।