अब डिजिटल वालेटबाट नेपाल टेलिकमको नम्बरमा न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने भएको छ ।
नेपाल टेलिकमले एमपोस माध्यमबाट हुने टपअप कम्तिमा ५० रूपैयाँ बनाएको हो ।
अब ५० रूपैयाँ भन्दा कम टपअप डिजिटल वालेटबाट गर्न पाइने छैन् । यो नयाँ व्यवस्था फागुन १५ गतेदेखि लागु भएको छ ।