भिसा कार्ड प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने, अन्तर्राष्ट्रिय पर्यटकलाई सहज हुने

भिसा कार्ड प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने, अन्तर्राष्ट्रिय पर्यटकलाई सहज हुने

अब भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । भिसाले फोनपेसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्युआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पेू’ सुविधा सुरू गरेको हो । 

यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ । भिसा र फोनपेको यो स्क्यान टु पेू सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्युआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ ।

 अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे क्युआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा खुसी व्युक्त गरेका छन् ।

यस्तै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारी फोनपेको क्युआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताए । 

‘विश्वभरका भिसा कार्डधारकहरूलाई क्युआर भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्नेछ,’ उनले भने, ‘भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत त्तच् पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ ।’ 

नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक क्युआर कोडले नेपालका लाखौं व्यापारीक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउँदै कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई सशक्त गर्नेछ । 

साना व्यवसायहरूले एइक् मेशिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्नेछन भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्नुका साथै धोखाधडीबाट जोगिने सुविधा पनि थपिनेछ ।

भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ । फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो । यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ ।