कीवर्डहरू -

भायानेटको ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर, अरूलाई रेफर गर्दा निःशुल्क इन्टरनेट

भायानेटको ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर, अरूलाई रेफर गर्दा निःशुल्क इन्टरनेट

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा आएको हो । ‘चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिगमा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी विशेष फाइदाहरू प्राप्त गर्नेछन् । 

तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन् ।
प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको निशुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निशुल्क इन्टरनेट प्राप्त हुनेछ ।

ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्राफाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।