कीवर्डहरू -

यदि तपाईंले आफ्नो वाईफाई पासवर्ड बिर्सनुभएको छ भने चिन्ता नलिनहोस्, यसरी तुरुन्तै प्राप्त गर्नुहुनेछ

यदि तपाईंले आफ्नो वाईफाई पासवर्ड बिर्सनुभएको छ भने चिन्ता नलिनहोस्, यसरी तुरुन्तै प्राप्त गर्नुहुनेछ

तपाईं मध्ये धेरैले घर र अफिसमा वाइफाइ प्रयोग गरिरहनुभएको होला । धेरै पटक हामी वाइफाइको पासवर्ड बिर्सन्छौं । यस्तो अवस्थामा यो ठूलो समस्या बन्छ, तर आजको रिपोर्ट पढेपछि तपाईलाई कुनै समस्या हुनेछैन् ।

तपाईले वाइफाइको पासवर्ड बिर्सनुभयो भने पनि सजिलै पत्ता लगाउन सक्नुहुन्छ । यस रिपोर्टमा, हामी तपाइँलाई ल्यापटपमा पहिले नै जडान भएको वाइफाइको पासवर्ड कसरी पत्ता लगाउने भनेर बताउनेछौ। 

ल्यापटपमा कनेक्ट गरिएको वाइफाइको पासवर्ड कसरी पत्ता लगाउने?

सबैभन्दा पहिले, कम्प्युटर वाइफाइमा कनेक्ट भएको हुनुपर्छ । इन्टरनेटमा जडान भएपछि, कन्ट्रोल प्यानलमा जानुहोस् र नेटवर्क एन्ड सेयरिंग अप्सनमा क्लिक गर्नुहोस् ।

अब चेन्ज एडाप्टर सेटिंग्समा क्लिक गर्नुहोस् । यहाँ क्लिक गरेपछि तपाईले बिर्सनुभएको वाइफाइ नेटवर्कमा राइट क्लिक गर्नुहोस् । 

दायाँ क्लिक गर्दा तपाईले स्टेटस विकल्प देख्नुहुनेछ । यसमा क्लिक गर्नुहोस् । यसपछि दिइएको वायरलेस प्रपरटीजमा क्लिक गर्नुहोस् ।

यस पछि तपाईले कनेक्सन एण्ड सेक्युरिटी विकल्प पाउनुहुनेछ, यसमा क्लिक गर्नुहोस् । यहाँ क्लिक गरेपछि तपाईले नेटवर्क सेक्युरिटीको विकल्प देख्नुहुनेछ ।

यसको तल तपाईले शो क्यारेक्टर्सको विकल्प पाउनुहुनेछ, यहाँ क्लिक गरेर तपाईले आफ्नो वाइफाइको पासवर्ड थाहा पाउन सक्नुहुन्छ ।