कीवर्डहरू -

इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?

इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?

लामो तार भएका इयरफोनहरू आजकल धेरै कम प्रयोगमा देखिन्छन् । तिनको ठाउँमा साना साइजका ताररहित इयरबड्सले लिएका छन् । यिनीहरूमा राम्रा–राम्रा फिचरहरू दिइएका छन् र स्टाइलिश पनि देखिन्छन् ।

तर, यी इयरबड्सको प्रयोग कहिलेकाहीं खतरनाक पनि हुन सक्छ । हालै मात्र एक घटना सार्वजनिक भएको छ, जहाँ एक महिलाको कानमा इयरबड्स विस्फोट भएको थियो । जसका कारण उनको सुन्ने शक्तिनै समाप्त भयो ।

यसअघि पनि यस्ता धेरै घटनाहरू सार्वजनिक भइसकेका छन् । यस्तो अवस्थामा, तपाईंले इयरबड्स प्रयोग गर्दा केही महत्त्वपूर्ण कुराहरूको ध्यान राख्न आवश्यक छ । तपाईं इयरबड्स प्रयोग गर्दा ६०ः६० नियम पालना गर्न सक्नुहुन्छ । यो के हो र यसले के हुन्छ, हेरौं ।

६०ः६० नियम के हो?

धेरै घण्टासम्म कानमा इयरबड्स लगाएर राख्नेहरूका लागि ६०ः६० नियम निकै लाभदायक हुन सक्छ । यदि तपाईं निरन्तर धेरै समयसम्म बड्स प्रयोग गरिरहनु भएको छ भने, यो कानका लागि हानिकारक साबित हुन सक्छ ।

यसबाट बच्न तपाईंले ६०ः६० नियम पालना गर्नुपर्छ । यो भनेको तपाईंले ६० प्रतिशत भोल्युममा ६० मिनेटसम्म मात्र बड्स प्रयोग गर्नुपर्छ र केही समयको अन्तराल लिनुपर्छ । यसो गर्दा तपाईंको कान पनि सुरक्षित रहनेछ र बड्समा पनि चाँडै खराबी आउनेछैन् ।

धेरै मानिसहरूको बानी हुन्छ कि उनीहरू कानमा इयरबड्स लगाएर सुत्छन्, बड्समा पूर्ण भोल्युममा संगीत बजिरहेको हुन्छ । यदि तपाईं पनि यिनैमध्येको एक हुनुहुन्छ भने, तपाईंको कानको स्वास्थ्यका हिसाबले यो सही होइन् । यसो गर्दा तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । यहाँसम्म कि तपाईं बहिरो पनि हुन सक्नुहुन्छ । त्यसैले यस्तो गल्ती कहिल्यै नगर्नुहोस् ।

इयरबड्स प्रयोग गर्दा आफ्नो सुरक्षा अत्यन्तै महत्त्वपूर्ण छ । नयाँ बड्स किन्दा तपाईंले केही महत्त्वपूर्ण कुराहरू जाँच गरिसकेर मात्र किन्नु पर्छ, ताकि तपाईंको कानलाई कुनै हानि नहोस् ।

  • निम्नस्तरको गुणस्तर भएका इयरबड्स किन्नु हुँदैन् ।
  • कानमा सही फिट हुन्छ कि हुँदैन भनेर जाँच गर्नु पर्छ ।
  • ब्याट्री लाइफ र कनेक्टिविटी चेक गर्नु पर्छ ।
  • इयरबड्सको आईपी रेटिङ जाँच गर्नुहोस् र यिनीहरू पसिना र पानी प्रतिरोधी छन् कि छैनन् पनि हेर्नुहोस् ।
  • किनमेल गर्नु अघि एएनसी (एक्टिभ न्वाइज क्यान्सलेसन) पनि जाँच गर्नुहोस् ।