कीवर्डहरू -

आईएमईआई नम्बर के हो र यसले कसरी काम गर्छ?

आईएमईआई नम्बर के हो र यसले कसरी काम गर्छ?

तपाईले आईएमईआई नम्बरको बारेमा पहिले सुन्नुभएको होला तर तपाईलाई थाहा नहुन सक्छ यो के हो र यसको प्रयोग के हो?  तपाईले स्मार्टफोन खरिद गर्दा आईएमईआई नम्बरको स्टिकर सबै स्मार्टफोनको पछाडि र बक्समा टाँसिएको देख्नु भएको होला र त्यो तपाईको बिलमा पनि आउँछ र तपाईको फोनको ब्याट्री मुनि अड्किएको पनि पाइन्छ ।  

तपाईले फोनको आईएमईआई नम्बर सजिलैसँग पत्ता लगाउन सक्नुहुन्छ । थाहा पाउनका लागि, तपाईले आफ्नो फोनको डायल प्याड मात्र प्रयोग गर्न सक्नुहुन्छ । तपाईले आफ्नो फोनको डायल प्याड खोल्नु पर्छ र यहाँ तपाईले स्टार ह्यास ०६ह्यास (*#06# डायल गर्नुपर्नेछ, त्यसपछि तपाईको फोनको आईएमईआई नम्बर देखाइनेछ । वा तपाइँ तेस्रो पक्ष एप इन्स्टल गरेर पनि पत्ता लगाउन सक्नुहुन्छ जसले फोनको आन्तरिक हार्डवेयरको बारेमा जानकारी प्रदान गर्दछ ।

यो सबै फोनमा फरक फरक देखिन्छ, र सबैको आईएमईआई नम्बर पनि फरक छ । यसमा १५ अंकहरू हुने गर्दछ । यसको पूरा रूप “इन्टरनेस्नल मोबाइल इक्विमेन्ट आइडेन्टीटी“ हो जसलाई नेपालीमा “अन्तर्राष्ट्रिय मोबाइल डिभाइस पहिचान नम्बर“ भनिन्छ । यदि हालको फोनहरूको बारेमा कुरा गर्ने हो भने यो लगभग सबै फोनहरूमा उपलब्ध हुनेछ ।

आईएमईआई स्मार्टफोनको एक प्रकारको आइडेन्टिटी हो अर्थात् यो फोनको पहिचान हो, जसको माध्यमबाट हामीले त्यो फोनको बारेमा सबै जानकारी पाउन सक्छौं जस्तै फोन कुन मोडलको हो वा कुन कम्पनीको फोन हो आदि ।

आईएमईआई नम्बर को उपयोग के हो?

यो धेरै उपयोगी छ, र यदि तपाइँ यसलाई याद गर्नुहुन्छ वा यसलाई कतै नोटमा राख्नुहुन्छ भने, यो राम्रो हुनेछ किनभने फोन हराएको अवस्थामा यो धेरै उपयोगी हुनेछ ।

 आईएमईआई नम्बर के हो र यसको उद्देश्य के हो?

जब तपाईको फोन कतै हरायो र तपाई पुलिसमा उजुरी गर्न जानुहुन्छ, तब तपाईलाई आईएमईआई नम्बर आवश्यक पर्दछ किनकि पुलिसले तपाईको हराएको फोन आईएमईआई नम्बरको कारण मात्र ट्र्याक गर्न सक्षम हुनेछन् । त्यसैले यस्तो समयमा तपाईका लागि आईएमईआई नम्बर हुनु धेरै महत्त्वपूर्ण छ । 

आईएमईआई नम्बरले कसरी काम गर्छ?

आईएमईआई नम्बर काम गर्नका लागि नेटवर्क अपरेटर चाहिन्छ । यो आवश्यक छ किनभने नेटवर्क अपरेटर जुन कम्पनीबाट तपाईंले सिम इन्स्टल गर्नुभएको छ, तपाईंले त्यही कम्पनीबाट प्राप्त गर्न सक्नुहुन्छ । यसको माध्यमबाट नेटवर्क अपरेटरले आफ्नो सिम कार्ड कुन फोनमा इन्सटल भएको थाहा हुन्छ । त्यसपछि जब तपाईको फोन कतै हराउछ, यस्तो अवस्थामा तपाईको फोन कहाँ छ पत्ता लगाउन यो धेरै उपयोगी हुन्छ ।

null

आईएमईआई नम्बरबाट फोन कसरी पत्ता लगाउने?

यो फोनको नेटवर्कमा नै निर्भर गर्दछ, जस्तै मानौं तपाईको फोन कतै हराएको छ र फोन चोर्ने व्यक्तिले तपाईको सिम फालिदिएको छ, त्यसो भए फोन कसरी थाहा हुन्छ? त्यसपछि तपाईको आईएमईआई नम्बरलेनै काम दिने हो र तपाईको फोनको स्थान बताउँछ । 

आईएमईआई नम्बरबाट फोन लोकेशन कसरी थाहा पाउने ?

मानौं कि फोन चोरेको व्यक्तिले तपाईको सिम कार्ड निकाल्छ तर फोनमा अर्को सिम कार्ड राख्छ भने तपाईको आईएमईआई नम्बरले उसको स्थान बताउनेछ ।
 
जब अर्को प्रयोगकर्ताले आफ्नो सिम कार्ड फोनमा प्रयोग गर्छन्, यो फेला परेको सिमको नेटवर्कमा जडान हुन्छ, त्यसपछि त्यो प्रयोगकर्ताको नजिकको टावरमा जडान कनेक्ट हुन्छ र त्यसलाई पत्ता लगाउँछ, जसबाट सही स्थान थाहा हुन्छ ।

यदपि सबै फोन खोज्न त्यति सजिलो छैन, यसका लागि केही सर्तहरू छन्, जस्तै फोनलाई सजिलै ट्र्याक गर्न सकोस् भन्नका लागि डिभाइस सक्रिय रहनुपर्छ, यसमा सिम जडान हुनुपर्छ ।

यहीकारणले यदि तपाईलाई आफ्नो आईएमईआई नम्बर थाहा छ भने, यसलाई सुरक्षित राख्नुहोस् किनकि यो तपाईको लागि धेरै उपयोगी हुन सक्छ, किनकि जुनसुकै बेला जे पनि सम्भव छ र खराब समय आउँदा यसले तपाईलाई धेरै मद्दत गर्दछ । साथै तपाईले फोन हराउनु भएमा यसले तपाईंलाई मद्दत गर्नेछ । 

गुगल अकाउन्टबाट आईएमईआई नम्बर कसरी पत्ता लगाउने?

मानौं तपाईंले आफ्नो आईएमईआई नम्बर टिप्नुभएको छैन् वा याद छैन भने, कसरी पत्ता लगाउने? फोनको बिल वा बक्स छ भने ठिक हो नत्र थाहा पाउन गाह्रा हुन् सक्छ । 

तपाईंले हराएको फोनमा प्रयोग गर्नुभएको जीमेल आईडी र जुन प्राथमिक जीमेल आईडी थियो, तपाईंले अर्को डिभाइसमा लगइन गर्नुपर्छ । जीमेल आइडीमा लगइन गरेपछि तपाईले गुगल अकाउन्टमा सेटिङ्मा गएर “माई डिभाइस“ को विकल्पमा जानुपर्छ, यहाँ तपाईले अहिलेसम्म प्रयोग गर्नुभएका सबै फोन वा डिभाइसहरू यो जीमेल आइडी मार्फत पाउनुहुनेछ । त्यसपछि तपाइँ आफ्नो फोन र यसको आईएमईआई नम्बर बारे थाहा पाउनुहुनेछ ।