कीवर्डहरू -

ह्वाट्सएपले सार्वजनिक गर्याे 'सर्च बाइ डेट' फिचर

ह्वाट्सएपले सार्वजनिक गर्याे 'सर्च बाइ डेट' फिचर

ह्वाट्सएपले एउटा नयाँ फिचरको घोषणा गरेको छ, जसको माध्यमबाट तपाईले एन्ड्रोइड फोनमा कुनै खास ग्रुप वा च्याटमा कुनै निश्चित मितिमा पठाइएका म्यासेज, फोटो वा भिडियोहरू सजिलै फेला पार्न सक्नुहुनेछ । यो सुविधा आईओएस, म्याक र ह्वाट्सएप वेबमा पहिले नै उपलब्ध थियो। यो सुविधा फेसबुकको मूल कम्पनी मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गले आफ्नो ह्वाट्सएप च्यानलमा घोषणा गरेका हुन् ।

मार्क जुकरबर्गले अब ह्वाट्सएपमा जुनसुकै पुरानो च्याटमा पठाइएका म्यासेजहरू सजिलै फेला पार्न सकिने बताएका छन् । उनले आफैंले एउटा भिडियो सेयर गरे, जसमा उनी क्याराओकेको बारेमा पुरानो च्याट खोजिरहेका छन् । उनले यो नयाँ फिचर निकै उपयोगी रहेको बताए ।

ह्वाट्सएपको यो नयाँ फिचरमा तपाईले केवल एक मिति चयन गरेर त्यो दिनको च्याट खोज्न सक्नुहुन्छ, तपाईले सम्पूर्ण समय दायरा चयन गर्न सक्नुहुन्न् ।  कम्पनीका अनुसार, ’यो फिचर पुरानो रोचक मेसेज फेला पार्न वा कसैलाई पठाइएको जानकारी डबल–चेक गर्न धेरै उपयोगी हुनेछ । यसले च्याट फेला पार्न सजिलो बनाउनेछ ।

कसरी प्रयोग गर्ने?

सर्वप्रथम आफूले खोज्नुपरेको मेसेज रहेको ग्रुप वा च्याट खोल्नुहोस् । अ शीर्षमा सर्चआइकनमा ट्याप गर्नुहोस् । अब तपाइँ त्यहाँ क्यालेन्डर आइकन पनि देख्नुहुनेछ । क्यालेन्डर आइकनमा ट्याप गरेर आफ्नो मनपर्ने मिति चयन गर्नुहोस् । तपाईंले चयन गरिएको मितिका सबै मेसेज देख्नुहुनेछ ।

हवट्सएपले यो सुविधा प्रयोग गरेर च्याटमा उपस्थित मिडिया (जस्तै फोटो, भिडियो), लिङ्क र डक्युमेन्ट पनि फेला पार्न सक्ने बताएको छ ।