कीवर्डहरू -

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस शेयर गर्न सक्ने सुविधा आउँदै

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस शेयर गर्न सक्ने सुविधा आउँदै

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब इन्स्टाग्राममा पनि आफ्नो स्टेटस सेयर गर्न सक्ने सुविधा आउने भएको छ । 

ह्वाट्सएपले बेटा संस्करणमा यो नयाँ फिचरको परीक्षण गरिरहेको छ । हाल ह्वाट्सएप स्टेटस फेसबुकमा सेयर गर्न सकिन्छ । तर अब छिट्टै इन्स्टाग्राममा पनि शेयर गर्न सकिने सुविधा उपलब्ध हुनेछ । 

ह्वाट्सएप फिचर ट्र्याक गर्ने साइट वाबेटा इन्फोले नयाँ फिचरको बारेमा जानकारी दिएको हो । इन्स्टाग्राममा स्टेटस सेयर सुविधा एन्ड्रोइडको बेटा संस्करण २.२३.२५.२० मा देख्न सकिन्छ । यसको परीक्षण लामो समयदेखि भइरहेको छ ।

यो नयाँ फिचर आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक एकसाथ लिंक हुनेछन् । एउटै एपबाट तीनवटै प्लेटफर्ममा स्टाटस सेयर गर्न सकिन्छ । तर यो फिचर प्रयोग गर्ने की नगर्ने त्यो प्रयोगकर्ताको अधिनमा हुनेछ ।