कीवर्डहरू -

स्मार्टफोनका चार्जरहरू किन सेतो वा कालो रङका मात्रै हुन्छन् ?

स्मार्टफोनका चार्जरहरू किन सेतो वा कालो रङका मात्रै हुन्छन् ?

जब हामी नयाँ स्मार्टफोन किन्न बजार जान्छौं, एउटा होइन, धेरै रङ र डिजाइनमा उपलब्ध हुन्छन् । तर जब फोनको चार्जरको कुरा आउँछ, तब ओरिजिनल चार्जर दुईवटा रङमा मात्रै, सेतो वा कालोमा पाइन्छन् ।

यदि तपाईं लोकल चार्जर किन्नुहुन्छ भने चार्जरमा पनि रङका विकल्पहरू पाउन सक्नुहुन्छ । तर ओरिजिनल चार्जरको हकमा दुईवटा मात्र रङका विकल्प हुन्छन् ।

कहिल्यै, तपाईंले सोच्नुभएको छ किन यस्तो हुन्छ ? जब स्मार्टफोनमा रङका विकल्पहरू उपलब्ध छन् भने चार्जरको लागि किन दुईवटा मात्र रङहरू छानिन्छन् ? वास्तवमा, यसको पछाडि केही विशेष कारणहरू हुन्छन् ।

स्मार्टफोनका चार्जरहरू बनाउने कम्पनीहरूले रङको हिसाबले सेतो र कालो मात्रको विकल्प राख्छन् । किनकि यी दुवै रङहरूमा चार्जर बनाउँदा लागत कम आउँछ र राम्रो टिकाउपन पाइन्छ ।

स्मार्टफोनका चार्जरहरू कालो रङको हुनुको कारण यो रङ अन्य रङहरूको तुलनामा तातोलाई राम्रोसँग सोस्न सक्छ । कालो रङ किफायती हुनुका साथै सबैभन्दा राम्रो उत्सर्जक पनि मानिन्छ ।

त्यस्तै अहिले स्मार्टफोनका चार्जरहरू कालो होइन, सेतो रङमा बढी पाइन्छन् । इलेक्ट्रोनिक्स कम्पनीहरूले स्मार्टफोन चार्जरको लागि सेतो रङ सबैभन्दा बढी रोज्छन् । स्मार्टफोन चार्जरको रङ सेतो हुन्छ किनकि यस रङको रिफ्लेक्ट क्षमता कम हुन्छ ।

यस रङको चार्जरसँग बाहिरबाट आउने तातो भित्र पुग्न पाउँदैन् । यो रङ बाहिरी तापक्रमलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ । यही कारण हो कि स्मार्टफोनको ब्याट्री चार्ज गर्नका लागि पनि रङहरूको छनोट निकै सोचविचार गरेर गरिन्छ ।