काठमाडौं । नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नयाँ वर्षको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत वैशाख १ गतेदेखि ग्राहकले शून्य प्रतिशत ब्याजदरको सहज किस्ताबन्दीमा याडियाका कुनै पनि स्कुटर खरिद गर्न सक्नेछन् ।
एकमुष्ट भुक्तानीको भार कम गर्दै विद्युतीय सवारीमा आम नागरिकको पहुँच बढाउने उद्देश्यले ल्याइएको यस अफरमा प्रत्येक स्कुटरको खरिदमा आकर्षक उपहार समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
नौ वर्षदेखि विश्वकै नम्बर १ विद्युतीय दुई पाङ्ग्रे ब्रान्डको रूपमा स्थापित याडियाको यो अफर वैशाख महिनाभरि देशभरका सबै सोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ स्कुटर खरिद गर्न चाहने ग्राहकले नजिकैको सोरुममा गएर यस अफरको फाइदा लिन सक्नेछन् ।
आईसीटी समाचार