कीवर्डहरू -

तपाईले पठाएको इमेल पढिएको छ वा छैन यसरी थाहा पाउनुहोस्

तपाईले पठाएको इमेल पढिएको छ वा छैन यसरी थाहा पाउनुहोस्

हामी सबैले इमेल प्रयोग गर्छौ । ह्वाट्सएपको आगमनसँगै इमेलको प्रयोगमा केही ह्रास आएको छ । यसको मुख्य कारण भनेको ह्वाट्सएपमा म्यासेज पढियो वा नपाएको थाहा हुन्छ ।

यद्यपी यो सुविधा इ–मेलमा पनि उपलब्ध छ तर धेरैजसो मानिसहरूलाई यसको जानकारी छैन् । त्यसै कारण आज हामी अरूलाई पठाएको इमेल पढियो कि पढिएन् र कुन समयमा पढियो भनेर थाहा पाउने तरिकाको बारेमा जानकारी दिदैछौं । 

सबैभन्दा पहिले, तपाईको ल्यापटप वा कम्प्युटरको गूगल क्रोमको माथिल्लो दायाँ छेउमा देखिने ३ डटमा क्लिक गर्नुहोस् र त्यसपछि मोर टूल्समा क्लिक गर्नुहोस् । अब तपाईको अगाडि एउटा विन्डो खुल्नेछ, त्यहाँ एकदम तल जानुहोस् । त्यहाँ एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब Mailtrack for Gmail & Inbox: Email tracking  टाइप गरेर खोज्नुहोस् ।

अब यसलाई डाउनलोड गर्नुहोस् र क्रोममा इन्स्टल गर्नुहोस् । यसपछि तपाईलाई जीमेल लगइनको लागि सोधिने छ । लगइन गरेपछि, एक्टिभेट मेलट्र्याकमा क्लिक गर्नुहोस् । अब एक्टिभेसन पछि, अलाउ अप्सनमा क्लिक गर्नुहोस् ।

अब जीमेल ट्याबमा जानुहोस् र कसैलाई मेल पठाउनुहोस् । तपाईको पठाइएको मेल पढ्ने बित्तिकै तपाईले तपाईको मेल पठाएको कति समय पछि पढेको छ वा छैन भन्ने सूचना प्राप्त गर्नुहुनेछ । साथै तपाईले ह्वाट्सएप जस्तै मेलमा इनबक्सको अगाडि २ वटा निलो टिक देख्नुहुनेछ ।